Logo

चन्द्रयान पुग्यो चन्द्रमाको कक्ष



भारतले चन्द्रयान २ लाई सफलतापूर्वक चन्द्रमाको कक्षमा पठाएको छ । २० अगष्टमा चन्द्रयान चन्द्रमाको कक्षमा पुगेको हो । अब चन्द्रयानले चन्द्रमाको सतहमा पुग्ने तयारी गर्नेछ । यो भारतको निकै नै ठुलो सफलता हो । जुलाई २२ मा यसको प्रक्षेपण भएदेखि चन्द्रयान २ पृथ्वीको कक्षमा रहेको थियो ।

भारतको दोस्रो चन्द्र अन्वेषण अभियान, चन्द्रयान २ लाई सफलतापूर्वक चन्द्रमाको कक्षमा पुर्याइएपछि भारतीय वैज्ञानिकहरु उत्साही भएका छन् । चन्द्र ओर्बिट इन्सर्सन (एलओआई) युद्धाभ्यास योजना अनुसार भारतीय समयानुसार ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा पुर्याउने कार्य सम्पन्न गराएको थियो । स्पेसक्राफ्ट सेप्टेम्बर ७ मा चन्द्रमाको सतहमा छुनेछ । यसलाई सफलतापूर्वक सम्पन्न गरेमा भारत रुस, अमेरिका र चीनपछि चन्द्रमाको सतहमा यान पुर्याउने चौंथो देश बन्नेछ ।



प्रतिक्रिया दिनुहोस्