Logo

हुवावेमाथि अमेरिकाको थप ९० दिन प्रतिबन्ध



अमेरिकाले अझै ९० दिनको लागि हुआबेलाइ प्रतिबन्ध लगाएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा चिन्ताको कारण जनाउँदै हुवावेलाई कालोसूचीमा राखेर लगाइआएको प्रतिबन्धलाई ९० दिनका लागि थप गरेको हो ।

हुवावे संग ४६ ओटा अमेरिकी कम्पनीहरुले सहकार्य गरेका थिए । ती कम्पनीहरुलाई पनि अमेरिकाले कालो सुचीमा राखेको छ । उनीहरु संग पनि अमेरिकाले व्यापार नगर्ने बताएको छ । गुगल जस्तो कम्पनीहरूलाई प्रतिबन्धहरूमा समायोजन गर्ने क्रममा हुवावेसँग व्यापार गर्न अनुमति दिन डिजाइन गरिएको हो ।

हुवावेले अमेरिकी निर्णयको विरोध गरेको छ । उसले यो कदमलाई राजनीतिबाट उत्प्रेरित भनेको छ । उसले व्यापारमा कुनै प्रभाव नपर्ने जनाएको छ ।

के हो हुवावे
हुवावेको चिनियाँ सरकारसँंग निकट सम्बन्ध रहेको भनिएको छ । यसैलाई कारण भन्दै कडा अन्तर्रा्ष्ट्रिय छानविनमा परेको छ । हुवावेले राष्ट्रिय सुरक्षा जोखिम रहेको दावी गरेको अमेरिकाले मेमा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

अमेरिकी वाणिज्य विभागले हुवावेलाई कालो सूचमिा राख्यो । अमेरिकी सरकारको स्वीकृति बिना अमेरिकी कम्पनीहरूबाट टेक्नोलोजी प्राप्त गर्न प्रतिबन्ध लगायो । हुवावेले आफ्नो कम्पनि चिनियाँ सरकारबाट स्वतन्त्र रहेको र यसलाई राष्ट्रिय सुरक्षा जोखिममा खडा हुने कुराको कडा इन्कार गर्दछ ।

यो विवाद अमेरिका र चीनबीच बढ्दो प्रतिस्पर्धाको प्रतीक हो, जुन एक बर्ष भन्दा बढी समयदेखि व्यापार युद्ध लड्दैछन् ।



प्रतिक्रिया दिनुहोस्