Logo

म्यानचेष्टर युनाईटेड बराबरीमा रोकियो, पोग्बाको पेनाल्टी मिस



काठमाडौं, ३ भदौ । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडलाई वुल्भरह्याम्पटन वान्डरर्सले बराबरीमा रोकेको छ । गएराति वुल्भरह्याम्पटनको मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको २७ औं मिनेटमा एन्टोनियो मार्टियलले पहिलो गोल गर्दै म्यान्चेस्टर युनाईटेडलाई अग्रता दिए ।

तर, ५५ औं मिनेटमा वुल्भरह्याम्पटनका रुबेन नेभेसले एक गोल फर्काउदै खेल बराबरी गरे । दोस्रो हाफमा पउल पोग्बाले एउटा पेनाल्टी प्रहार खेर फालेपछि युनाईटेड जित निकाल्न असफल रह्यो ।

सिजनको दोस्रो खेलमा अंक बाँड्न बाध्य भएपछि युनाईटेड दबाबमा आएको छ । उसले २ खेलबाट ४ अंक जोडेको छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्