Logo

हराएको मोटरसाइकल यसरी भेटियो



धादिङ । प्रहरीले हराएको मोटरसाइकल फेला पारी मोटरसाइकल धनीलाई बुझाएको छ । विदुर नगरपालिका ८ बस्ने सञ्जय तामाङको गत बैशाख २० गते हराएको बा.५१ प ४३४३ नम्बरको मोटरसाइकल प्रहरीले फेला पारी १ भदौमा सम्बन्धित धनीलाई बुझाएको हो ।

निलकण्ठ नगरपालिका १२ पशुपति डाँडामा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीलाई देख्नासाथ अज्ञात चालकले बा.५१ प ४३४६ मोटरसाइकल छोडी फरार भए पश्चात प्रहरीले उक्त मोटरसाइकल बरामद गरेको जनाएको छ । साथै सवारी धनीको अनुसन्धानको क्रममा तामाङको घरबाट चोरी भएको बास्तविक बा.५१ प ४३४३ नम्बरको मोटरसाइकललाई बा.५१ प ४३४६ बनाइएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्