Logo

चार चोर पक्राउ



धादिङ । प्रहरीले विभिन्न पसलबाट समान चोरी गर्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रावती डब्जोङ गाउँपालिका-१ बस्ने केवल थापा मगर‚ मिलन राना मगर‚ मनिष थापा मगर र नेत्रावती डब्जोङ गाउँपालिक-१ बस्ने बर्दिया घर भएका राजकुमार चौधरी रहेका छन् । खनियावास गाउँपालिका-४ किङताङफेदीस्थित कस्मेटिक पसलबाट विभिन्न सामानहरु चोरी गर्ने कार्यमा संलग्न उनीहरुलाई २९ साउनमा प्रहरीले पक्राउ गरेको हो ।

२०७६ साउन २२ गते त्रिपुरासुन्दरी गाउँपालिका ६ आगिन्चोक बस्ने भिमसेन भण्डारीको कस्मेटिक पसलबाट नगद १० हजार रुपैयाँ‚ नेपाल टेलिकमको रिचार्ज कार्ड ५० दरको ३० थान‚ क्याप ६ पिस‚ रुमाल १० पिस‚ हापकट्टु तीन पिस‚ टिसर्ट ६ पिस‚ हेण्डीप्लास्ट टेप एक डिब्बा‚ ३ सय ५० दरको डिसहोमका रिचार्ज कार्ड आठ थान‚ एनसेलको एक सय दरको रिचार्ज कार्ड १५ थान लगायतका सामानहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको जनाएको छ । पक्राउ परेकाहरु उपर चोरी मुद्दामा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्