Logo

‘सरकारी डाक्टरलाई निजीमा जान रोक्दैछौं’



काठमाडौं, ३ भदौ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी अस्पताललाई निजी अस्पतालमा विरामी जाँच्ने रोक्ने गरी कानुनी व्यवस्था भएको बताए । प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राष्ट्रिय स्वास्थ्य नीति २०७५ र १५ औं योजनामा रहेको एक चिकित्सक एक अस्पतालमा काम गर्ने अवधारणा सबै सरकारी अस्पतालमा क्रमशः लागू गरिनेछ।’

उनले उक्त कार्यक्रम प्रभावकारी रुपमा लागू गर्न सेवाको पहुँच विस्तार गर्न सरकारी अस्पतालमा अतिरिक्त सुविधासहितको विस्तारित स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने पनि विश्वास दिलाए । उनले सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले निजी अस्पतालमा काम गर्ने स्थिति अन्त्य गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्