Logo

भरुवा बन्दुक सहित पक्राउ



बझाङ । प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बित्थडचिर गाउँपालिका ४ बस्ने लाल बहादुर बोहरा रहेका छन् । उनलाई एकनाले भरुवा बन्दुक १ थान सहित सोही गाउँपालिका-१ भाराभिडा २ भदौको बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी स्याडीबाट खटिएको प्रहरीले से.३ प २९५२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्