Logo

सुन गोहोरो सहित पक्राउ



मोरङ । प्रहरीले जंगली जनावर समात्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका ६ बस्ने जस बहादुर धिमाल रहेका छन् । उनलाई सुनवर्षी नगरपालिका ८ हर्चगढीबाट जंगली सकुशल अवस्थाको जिउँदा सुन गोहोरो १२ वटा सहित ३२ साउनमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले सिक्टीबाट डायनियातर्फ जाँदै गरेका साईकलयात्री जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा ल्याई राखेको सुन गोहोरो सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

धिमाललाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय बताएको छ ।



प्रतिक्रिया दिनुहोस्