Logo

लुटिएका भनिएका युवकको कोठामा १६ लाख भेटिएपछि…



काठमाडौं । आफुले नगद लुकाई अरुले लगेको भनी आरोप लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने भारत विहार घर भएका मनोज कुमार शाह रहेका छन् । उनलाई अज्ञात व्यक्तिले नगद १६ लाख रुपैयाँ लुटी लगेको कपोकल्पित घटना बनाई नगद लुकाएको अभियोगमा १ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

शाहले काठमाडौं महानगरपालिका २२ पाको न्यूरोडमा माक्स लगाएका अज्ञात दुई जनाले मोटरसाइकलमा आई आफूसँग रहेको नगद १६ लाख लुटी लगेको उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएका थिए । तत्काल परिसरबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा त्यस्तो कुनै घटना नभएको र अनुसन्धान गर्ने क्रममा शाहले नै सो रकम लुकाएको र कपोकल्पित घटना बनाएको खुल्न आएको छ ।

साथै शाहलाई थप सोधपुछ एवं अनुसन्धान गर्दा उनले गोयल कम्पनीमा विगत तीन महिनादेखि पेमेन्ट रिसिभ गरी कम्पनीको खातामा रकम जम्मा गर्ने काम गर्दै आईरहेको र बैमानी पूर्वक ठगी गर्ने नियतले उक्त रकम बैंकमा जम्मा नगरी कम्पनीको रकम आफैले राख्न खोजेको खुल्न आएकोे छ । प्रहरीले शाहको कोठाबाट उक्त नगद बरामद गरेकोे जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्