Logo

गाँजा र ब्राउनसुगरसहित पक्राउ



काठमाडौं । अवैध लागुऔषध सहित प्रहरीले देशभरबाट युवकहरुलाई पक्राउ परेको छ । उनीहरुबाट गाँजा र ब्राउनसुगर समेत बरामद भएको छ ।

धनुषामा पक्राउ पर्नेमा नगराईन नगरपालिका-३ स्थित बल्ठीकुटी बस्ने धिरज साह र सोही नगरपालिका-१ बस्ने कमलेश कुमार यादवलाई अवैध लागूऔषध गाँजा एक किलो र तीन थान मोबाइल सहित १ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले ज.१२ प १०८१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी, बाँकेको नेपालगंज उपमहानगरपालिका १५ बाट सुर्खेत भेरीगंगा नगरपालिका ५ बबई बस्ने ओम राज परियारलाई अवैध लागूऔषध ब्राउनसुगर नौ सय मिलिग्राम सहित १ भदौको साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका ओमलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, झापाको शिबसताक्षी नगरपालिका १० दोमुखा बस्ने तीर्थलाल दाहाललाई अवैध लागूऔषध गाँजा दुई किलो सात सय ग्राम सहित १ भदौको बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले घरमा लुकाईछिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्