Logo

नेकपा सचिवालय बैठक स्थगित्, कारण यस्तो छ



काठमाडौं, ३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार गृहकार्य नपुगेको भन्दै आज तीन बजे बस्ने भनिएको सचिवालय बैठक स्थगित् भएको हो । आजको बैठकले केन्द्रीय आयोगहरू गठन गर्ने बुझिएको थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आजै साँझ सर्वदलीय बैठक पनि डाकेका छन् । पार्टीभित्र वरियता हेरफेरलाई लिएर पूर्व प्रधानमन्त्री तथा सचिवालय सदस्य माधव कुमार नेपालले लिखित रुपमै असन्तुष्टि राख्ने कुरा बाहिरिएपछि आजको बैठक स्थगित् भएको स्रोतको दाबी छ । तर, अध्यक्षद्धय ओली र प्रचण्डले नेता नेपाललाई फकाउने प्रयास गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्