Logo

स्कुटरको डिक्कीमा कटुवा पेस्तोल



कैलाली । कटुवा पेस्तोल सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ बस्ने रमेश शाही र महेन्द्र बोहरा रहेका छन् । उनीहरुलाई पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गबाट कटुवा पेस्तोल १ थान सहित १ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले से.५ प ४८८० नम्बरको स्कुटर जाँच गर्ने क्रममा डिक्कीमा लुकाईछिपाई राखेको अवस्थामा पेस्तोल सहित चालक शाही र स्कुटरमा सवार बोहरालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्