Logo

अपडेटः घरव्यवहार मिलाउन नसकेको सुसाइड नोट



काठमाडौं । सिंहदरबार परिसरभित्रको राष्ट्रिय योजना आयोगमा मृत फेला परेका नायब सुब्बा बच्चुराम केसीको सुसाइड नोटमा घर व्यवहार मिलाउन नसकेको उल्लेख छ । ३ भदौको विहान आयोग परिसरभित्र मृत फेला परेका केसीले आत्महत्या गरेको भन्दै कसैलाई दोष नदिन लेखेका छन् ।
सुसाइड नोटमा घर व्यवहार मिलाउन नसकेर जीवनदेखि विरक्तिएको उल्लेख छ । घटनाको प्रचारवाजी समेत नगर्न भनिएको छ ।

केसीको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको थियो । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्