Logo

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको काम फितलो



काठमाण्डौ । सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा भएको वित्तिय लगानीलाई निवारणका लागि अनुसन्धान गर्दै आएको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको भूमिका प्रभावकारी देखिएको छैन ।

विभागले चालू आर्थिक बर्षमा दुई ओटा मुद्धा मात्रै दायर गरेको छ । विभागको अनुसन्धानबाट अहिलेसम्म जम्मा ३७ ओटा मुद्धा फैसला भएको छ । मंगलबारमात्रै विभागले भारतबाट ल्याउदै गरेको ४२ लाख रुपैयाको स्रोत नखुलेपछि विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता गराएको हो ।

अनुसन्धानको क्रममा भारतिय नागरिक मोहम्मद निुरुलेज बारसी र मोहम्बद जिया खानले लुकाएर ल्याएको बयालिस लाख रुपैयाको स्रोत नखुलेपछि अदालतमा विगो जरिवानासहित दुई देखि १० बर्षसम्मको कैद सजायको माग गरी मुद्धा दर्ता गराएको हो ।

लोकेन्द्र शाह संलग्न साईपाल मिडिया प्रालिका नाममा जम्मा भएको कारोबार रकम ३० लाख ७९ हजार र बरामद भएको ४२ लाखसहित विभागले ७२ लाख ७९ हजार विगो कायम गरी लोकेन्द्र शाहविरुद्ध पनि मुद्धा दर्ता गराएको छ ।

यसैगरी साउन १९ गते पनि भारतको रुपैडियाबाट नेपाल आउदै गर्दा नेपालगञ्जमा गरिएको सडक चेकजाचका क्रममा स्कुटीमा सवार दुई व्यक्तिबाट २० लाख नेपाली रुपैया बरामद भएपछि प्रहरीले विभागमा अनुसन्धानका लागि सिफारीस गरेको थियो ।

स्कुटी सवारचालक कमल कुमार गुप्ता र सानु गुप्ताले निषेधित कार्य गरी रकम भित्र्याएको आरोपमा विभागले दोब्बर जरिबानसहित १० बर्षको केद सजायको मागसहित विशेष अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गराएको छ ।

यि दुई घटना त उदाहरण मात्रै हुन् । विभागका अनुसार पछिल्लो समय स्रोत नखुलेको रकम भित्र्याउने क्रम बढेर गएको विभागका सुचना अधिकारी विनोद लामिछाने बताउँछन् ।

विभागमा १५ देखि १६ सयसम्म सम्पत्ति शुद्धिकरणको उजुरी परेका छन् । विदेशबाट नेपालमा कालोधन भित्र्याउने ठूला व्यवसायीहरुलाई कारावाही गर्न नसकेर स साना घटनाका आरोपितलाई मात्रै कारवाही गर्नेगरेको भन्दै आलोचना हुने गरेको छ ।

गत बर्ष ५५ जना नेपालीले नेपाली धन कर छली गर्ने देशमा लगेर राख्ने गरेको र सम्पत्ति शुद्धिकरण गरी नेपाल भित्र्याउने गरेको सार्वजनिक भएको थियो । ती ५५ नेपालीमध्येका ९ जनाको अनुसन्धान भईरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्