Logo

मन्त्री भट्टराईले गरे सबै काम समाजिक संजालबाट सार्वजनिक गर्ने निर्णय



काठमकाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको काम प्रभावकारी बनाउन समाजिक संजालको प्रयोगलाई बढाउने भएका छन् ।

मंगलबार मन्त्री भट्टराईले मन्त्रालय र अन्तर्गतका विभाग तथा निकायहरुमा कार्यरत सूचना अधिकारी, प्रवक्ता एवं सामाजिक सञ्जाल हेर्ने अधिकृतहरुसंग छलफल र अन्तरक्रिया गरी सामाजिक संजालको प्रयोग बढाउन निर्देशन दिएका हुन् ।

मन्त्रालय र सम्बन्धित विभाग र नकायहरुले प्रभावकारी कार्य सम्पादनका लागि सामाजिक सञ्जालको अधिकतम् उपयोग गर्नु पर्ने आवश्यकताका भट्टराईले औँल्याएका हुन् ।

पर्यटकीय सम्पदा तथा गतिविधिहरुको प्रवर्द्धन हुने गरि सूचना प्रवाह गर्नु पर्ने कुरालाई जोड दिदै मन्त्री भट्टराईले सम्वन्धित निकायहरुलाई निर्देशन दिएको स्वकीय सचिव प्रेम गुरागाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

छलफलपछि भएको बुँदागत निर्णयहरु यसप्रकार छन्

१.मन्त्रालय तथा अन्तर्गतका निकायहरुले दिन भर कार्यसम्पादन भएका प्रमुख विषयहरुलाई कार्यालय समय सकिनासाथ प्रेस विज्ञप्ति (भिडियो, फोटो राखी) website, facebook, twitter लगायतका सामाजिक सञ्जाल मार्फत आवश्यकता अनुसार सार्वजनिक गर्ने ।

२.मन्त्रालय तथा अन्तर्गतका निकायहरुले सामाजिक सञ्जालमा Exclusive Group बनाई सूचनाहरु आदान प्रदान गर्ने ।

३.मन्त्रालय तथा अन्तर्गतका सबै निकायहरुले अनिवार्य रुपमा youtube account खोलि भिडियो मार्फत आफ्ना गतिविधीहरु सम्प्रेषण गर्ने ।

४.मन्त्रालय एवं अन्तर्गतका निकायहरुले अनिवार्य रुपमा सामाजिक सञ्जालका account verification गर्ने ।

५.मन्त्रालय एवं अन्तर्गतका निकायहरुका social media focal person हरुले प्रत्येक दिन सम्वन्धित निकायहरुको website, facebook, twitter, youtube, instagram जस्ता सामाजिक सञ्जालका माध्यमहरु Visit तथा Update गर्ने साथै Visitor बढाउन विभिन्न उपायहरु अवलम्वन गर्ने ।

६.मन्त्रालय मातहतका सबै निकायहरुमा प्रवक्ता एवं सूचना अधिकारी तोक्नु पर्ने व्यवस्था भएकोमा तोक्न वाँकी रहेका निकायहरुमा समेत तत्काल प्रवक्ता एवं सूचना अधिकारी तोक्ने ।

७. मन्त्रालय मातहतका सबै निकायहरुका सामाजिक सञ्जालहरुमा fake account गलत भए तुरुन्त बन्द गराउन प्रकृया अघि बढाउने ।

८. मन्त्रालय र मातहतका सवै निकायका प्रचार सामाग्री तथा सामाजिक सञ्जाल र website हरुमा नेपाल भ्रमण बर्ष, २०२० लाई मुख्य रुपमा प्रचारप्रसार गर्ने ।

९. एक महिना पछि पुन समिक्षा बैठक गर्ने । उक्त बैठकमा सबै निकायले आफ्नो तर्फबाट गरिएका कार्यको प्रगति विवरण पेश गर्ने । मन्त्रालयबाट निरन्तर अनुगमन गर्ने ।

तस्विर : प्रेम गुरागाईँको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्