Logo

पत्नी र छोरामाथि आगो लगाउने पक्राउ



धादिङ । श्रीमति र छोरालाई तेल छर्की हत्या गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती २५ वर्षीया बिमला लम्साल र दुई वर्षीय छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा सिद्धलेख गाउँपालिका १ धारापानी बस्ने जिवेश लम्साललाई २ भदौको राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झगडाको कारण जिवेशले आमा छोरालाई मार्न खोजेको अभियोगमा लम्साललाई प्रहरी चौकी नलाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घाइते दुवै जनाको जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्