Logo

चन्दा संलग्न गर्ने पक्राउ



बर्दिया । अवैध रुपमा चन्दा संकलन गर्दै हिड्ने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ठाकुरबाबा नगरपालिका ३ बस्ने दिल बहादुर कठायत र बढैयाताल गाउँपालिका ४ बस्ने बिसोम्बर थारु रहेका छन् । गुलरिया नगरपालिका ५ मतङगा चोकबाट अवैध रुपमा चन्दा संकलन गर्ने क्रममा उनीहरुलाई २ भदौमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई अवैध रुपमा चन्दा उठाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट काटेको चन्दा रसिदको ठेली एक थान, नकाटिएको ठेली ६ थान, सदस्यता पत्र २० थान, विभिन्न कमिटी गठन गरेको बुक एक थान, गाउँपालिका अन्तर्गत समूह गठन गरेको बुक एक थान, विभिन्न ब्यक्तिबाट चन्दा उठाएको बुक एक थान र ४ हजार ३ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्