Logo

कुटपिट गरी श्रीमतीको हत्या



उदयपुर । श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ५ बस्ने तिर्थ आले मगर रहेका छन् । उनले श्रीमती मन्जु पुलामी आले मगरलाई कुटपिट गरी हत्या गरेकमो हुँदा मगरलाई २ भदौको राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादका क्रममा घाइतेको उपचारको क्रममा धरानस्थित घोपा अस्पतालमा मृत्यु भएकोले ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले आलेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्