Logo

ट्यांकरमा गाँजा



काठमाडौं । अवैध लागुऔषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भई काठमाडौं चोभार बस्ने दिपक लो समेत तीन जना रहेका छन् । प्रहरीले लो सहित कीर्तिपुर नगरपालिका १० बाट अवैध लागूऔषध गाँजा २ केजी ३ सय ग्रामको साथै नगद ४० हजार रुपैयाँ र ४ थान मोबाइल सहित २ भदौको राती पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बा.२ ख ९४२६ नम्बरको पानी ट्याङ्कर जाँच गर्ने क्रममा ट्याङ्करमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला परेको जनाएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिका १ हात्तिसारबाट काठमाडौं सिनामंगल घर भएका साजन देवकोटालाई लागूऔषध गाँजा करिब २५ ग्राम र १० ग्राम पोल्याण्ड सहित ३ भदौको बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

मकवानपुर, अवैध लागूऔषध गाँजा करिब ८५ केजी सहित सप्तरी डाकनेश्वरी गाउँपालिका ९ बस्ने घुरन साहलाई राकसिराङ गाउँपालिका ३ चरिखेतबाट २ भदौको राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको जनाएको छ ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टमा खटिएको प्रहरीले अवैध लागूऔषध गाँजा करिब २५ केजी सहित चार जनालाई ३ भदौको बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत घर भएका मुकेश सहनी, सोही ठाउँ बस्ने राजकुमार, भारत मोतिहारी चिन्तामनपुर हरी सिद्धी बस्ने ओम प्रकाश चौधरी र पर्सा बिन्दा बाँसीनी गाउँपालिका जितेन्द्र प्रसाद यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको एचआर ५१ एल ५२४१ नम्बरको कार जाँच गर्ने क्रममा कारको पछाडीको सिटमुनी फल्स बटम बनाई प्लाष्टिकको पोकामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब नौं केजी सहित कास्की माछापुच्छ्रे नगरपालिका ८ बस्ने सन्जोक सुनारलाई २ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ७७०२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूऔषध सहित पक्राउ गरेको जनाएको छ । साथै थप अनुसन्धान गर्ने क्रममा स्याङ्जा चिन्नेबास बस्ने नयन थापा मगर र कास्की लेखनाथ महानगरपालिका ९ बस्ने संगित बिकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

नवलपरासी(पश्चिम), सुस्ता गाउँपालिका २ गुदरियाबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ३.५ ग्राम सहित सोही गाउँपालिका बस्ने प्रविण अमात्यलाई २ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले लु.३८ प १५२६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई लागूऔषध सहित पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्