Logo

आइजीपी खनालले प्रहरीलाई भने-कसैको दबाबमा नपर्नु



कास्की । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट नवनिर्मित कार्यालय भवन समुद्घाटन गरेका छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संघीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित कार्यालय भवनको ३ भदौमा उदघाटन गरे । सोही कार्यालय परिसरमा निर्माण हुन लागेको ब्यारेक भवनको समेत शिलान्यास गरे ।

खनालले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र वितरण गर्दै सुन्दर भवन समयमै निर्माण सम्पन्न भएको उल्लेख गर्दै भवन निर्माणमा लागत घट्नु राम्रो पक्ष रहेको बताए । नयाँ भवन निर्माणसँगै नागरीक समक्ष थप उत्कृष्ट सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिए ।

नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिकालाई थप रचनात्मक एवं प्रभावकारी बनाउन सामुदायिक प्रहरी सेवा केन्द्रको विकल्पको रुपमा समुदाय(प्रहरी साझेदारी कार्यक्रम विकसित गरिएको उल्लेख गर्दै खनालले कार्यक्रमहरु सफल पार्न सबै पक्षको सहयोग र सहभागिता आवश्यक पर्ने बताएका थिए ।

प्रत्येक प्रहरीले भावनामा शुद्धता राखी छिटो, छरितो र उत्कृष्ट कार्य सम्पादनतर्फ लक्षित हुनुपर्ने चर्चा गर्दै खनालले प्रहरी कर्मचारीहरुलाई कसैको दबाबमा नपरी काम गर्न समेत निर्देशन दिए ।

प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरे सहित प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले स्वागत मन्तव्य राखेका थिए भने प्रहरी निरीक्षक चतुर्भुज बोहोराले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, आन्तरिक मामिला तथा कानुन सचिव मनोहर प्रसाद खनाल लगायतले मन्तव्य राखेका थिए ।

राष्ट्रिय पुन ः निर्माण प्रधिकरण कोषको सहयोगमा निर्माण सम्पन्न भएको साढे दुई तल्ले कार्यालय भवनको कूल लागत २ करोड ७८ लाख ७० हजार २ सय ९५ रुपैयाँ ७३ पैसा रहेको छ । कार्यक्रममा पोखरास्थित विभिन्न संघसंस्था, नागरिक समाज, पूर्व प्रहरी, नेपाल प्रहरी श्रीमती संघ, विभिन्न सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु, संचारकर्मी लगायतको उपस्थिति थियो । Photo File



प्रतिक्रिया दिनुहोस्