Logo

मुख्यमन्त्री राउतद्धारा दुई सय ७२ छात्रालाई साइकल



बर्दिवास, ३ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले महोत्तरीका विभिन्न स्थानमा गरी दुई सयभन्दा बढी छात्रालाई साइकल वितरण गरेका छन् । मंगलबार दिउँसो महोत्तरीका विभिन्न स्थानमा जानुभई ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सो साइकल वितरण गरिएका हुन् ।

आजै एकै दिनमा जिल्लाको सरपल्लोमा ७५, मनरामा ४०, गैँडाभेटपुरमा ५२ र रामगोपालपुरमा १०४ गरी २७१ छात्रालाई जनही एक थानका दरले साइकल वितरण गरेका हुन् ।

कक्षा ८ मा अध्ययनरत् सो छात्राहरुलाई ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत यहाँका छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्न साइकल वितरण गरिएको महेन्द्र मावि रामगोपालपुरका प्रधानाध्यापक धीरेन्द्रकुमार मण्डलले बताए ।



प्रतिक्रिया दिनुहोस्