Logo

शाहरुख खानको प्रोमो भिडियो भाइरल



नेटफिल्क्स इन्डियाद्वारा शेयर गरिएको एउटा प्रोमोमा बलिउडका बादशाह शाहरुख खानलाई देखाइएको छ । फिल्म ‘जीरो’ पछि कुनै पनि नयाँ फिल्ममा अभिनय गर्नका लागि सम्झौता नगरेका खानलाई अचानक यसरी देख्दा हरेक दर्शक अहिले हैरान भएका छन् ।

प्रोमो भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । दर्शकलाई अब के हुन्छ भन्ने जिज्ञासाका साथ उक्त भिडियो सार्वजानिक गरिएको छ । त्यस्तै प्रोमो भिडियोको अन्त्यमा ‘पिक्चर अझै बाँकी छ’ देखिन्छ ।

भिडियोको थप जानकारी यही ५ भदौंमा दिइने उल्लेख गरिएको छ । शाहरुख खानको रेड चिल्लिज प्रोडक्सन हाउसद्वारा निर्माण गरिएको वेब सिरिज ‘द बार्ड अफ ब्लड’ १२ असोजका दिन नेटफिल्क्समा रिलिज हुने भएको छ । शाहरुख सहभागी भएका उक्त प्रोमो पनि त्यही वेबसिरिजको लागि हुनसक्ने अनुमान गरिएको छ । इमरान हासमी उक्त वेब सिरिजमामुख्य भूमिकामा प्रस्तुत हुँदैछन् ।



प्रतिक्रिया दिनुहोस्