Logo

बाबरी मस्जिद अघि हिन्दू संरचना अस्तित्वमा रहेको प्रमाण भारतको अदालतमा पेश



अयोध्या विवादमा एक नया मोड आएको छ । बाबरी मस्जिद हुनु भन्दा अगाडी त्यहाँ हिन्दुको संरचना रहेको ठहर गर्दै वरिष्ठ अधिवक्ता सी एस वैध्यनाथनले प्रमाण पेश गरेका छन् । सो कुरालाई उनले भारतको सर्वोच्च अदालतका प्रधानन्यायधीशको बेञ्चमा पनि राखे । त्यसबारे अहिले सुनवाई जारी छ ।

भारतीय पुरातत्व सर्वेक्षण (एएसआई) को एक रिपोर्ट अनुसार, वैद्यनाथनले सर्वोच्च अदालत सामु प्रस्तुत प्रमाणमा उक्त स्थलमा पाइने आधार स्तम्भहरूले मस्जिद निर्माण हुनुभन्दा अघि विशाल हिन्दु संरचनाको अस्तित्व स्थापित थियो ।

बाबरी मस्जिद निर्माण हुनुभन्दा अघि हिन्दू धार्मिक संरचना अस्तित्वमा रहेको दाबी अयोध्या शीर्षक विवादमा धार्मिक राम लाला विराजमानको पक्षमा रहेका वरिष्ठ अधिवक्ता सी एस वैद्यनाथनले भारतीय सञ्चारमाध्यमसँग भने । उनले भने, एएसआईको रिपोर्टले गोही र कछुवाको संख्यालाई जनाउँछ, जुन मुस्लिम संस्कृतिमा परदेशी छन् ।

वैद्यनाथनले उक्त मुद्दाको सुनुवाइको आठौं दिनमा मुख्य न्यायाधीश रंजन गोगोईको नेतृत्वमा रहेको पीठ समक्ष पेश गरेका थिए । न्यायमूर्ति एस ए बोबडे, डी वाई चन्द्रचुद, अशोक भूषण र एस ए नाजीरसमेत रहेको पीठमा सुनुवाई जारी रहेको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्