Logo

पुतली बगैंचामा सात अरब लागतमा बन्ने संसद भवन



काठमाडौं । सिंहदरवारस्थित पुतली बगैंचाको ऐतिहासिक महत्व छ । त्यही बगैंचामा संघिय संसद भवन निमार्णको काम अगाडी बढ्ने भएको छ । शहरी विकास मन्त्रालयले भवन निर्माणका लागि टेन्डर आव्हान गरेकोमा १७ निर्माण कम्पनीले निवेदन दिएका छन् । ती कम्पनिहरुको निवेदन अध्ययन गरेर टेन्डर दिने कम्पनिको चयन हुँदैछ । एक सय ७३ रोपनी जग्गामा निर्माण हुने भवनको कुल लागत सात अरब रुपैयाँ छ ।

ठूलो लगानीमा भवन बन्न लागेकाले निर्माण कम्पनिहरु टेन्डर आफूलाई पार्न दौडधुप गरिरहेका छन् । सार्वजनिक खरिद अनुसार ठुला परियोजना सञ्चालनमा ल्याउन ठेक्का प्रक्रियाका कारण समय लाग्ने गरेको छ । कम्पनि छनोटलगत्तै सम्झौता भई कामले गति लिने शहरी विकास मन्त्रालयले जनाएको छ ।

निमार्णको तयारीमा रहेको भवन नेपाली परम्परागत संरचनामा आधारित रहने भएका कारण नेपाली मौलिकता झल्किने तथा संस्कृतिलाई प्रतिविम्ब गर्ने भवन निमार्णको तयारी मन्त्रालयले गरिहेको बताइएको छ ।

आधुनिक प्रविधिमा निमार्ण हुने भवनलाई वास्तुकला तथा काठमाडौंको लोकल संस्कृतीलाई जोड्ने खालको निमार्णमा जोड दिएको मन्त्रालयले जनाएको छ । अन्तराष्ट्रिय रुपमा नेपाली आर्किटेक्चरल डिजाइनलाई चिनाउन परम्परागत मौलिकाताको आधारमा भवन निमार्णका तयारी भईरहेको हो । भवन निमार्णको गुरुयोजनालाई खुला हरियाली सहितको भवन, पार्किङ तथा सडक निमार्णको कामलाई चार भागमा विभाजन गरेर निमार्णको प्रक्रिया अगाडी बढाइने जानकारी गराइएको छ ।

कुल क्षेत्रफलको २७ प्रतिशत जग्गामा भवन निमार्ण हुने तथा ४५ प्रतिशत क्षेत्रमा हरियाली पार्क र २८ प्रतिशत क्षेत्रमा पानीका फोहरा लगायतका सजावटका संरचना र सडक निमार्णको ढाँचामा विकास गरिने योजना छ । भवनको मुल गेल दक्षिण तर्फबाट रहने र सासंदलाई भवन प्रवेश उत्तर तर्फको ढोकाबाट प्रवेश गराउने गरि सुरक्षाको व्यवस्तालाई पनि उक्तिकै ध्यानमा राखेर निमार्ण गरिने जनाइएको छ ।

परिसर भित्र रहने भवनहरु आवश्यक्ता अनुसार भूमिगत सहित तीन तलाको हुने बताइपनि संसदीय दलको भवन तथा कार्यालय भवन भने पाँच तल्लाको रहने छ । भवनलाई भूकम्पको जोखिम खेप्न सक्ने तथा आगलागीको कारण हुन सक्ने क्षतिलाई ध्यानमा राखेर निमार्ण हुने जनाइएको छ । परिसरसंगैको पश्चिमी स्थानमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सहितको ठुलो हलको निमार्ण हुनेछ ।



प्रतिक्रिया दिनुहोस्