Logo

‘ओलीले प्रचण्डलाई लम्पसार पारिदिए’ : दिक्षित (भिडियोसहित)



काठमाडौं, ४ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले मुलुकको राजनीति खासगरी नेकपा नेताहरुको सम्बन्ध हेर्दा पूर्ण रुपमा विमतितर्फ अघि बढिरहेको टिप्पणी गरेका छन् । उनले नेकपा अध्यक्षयद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धको कुरामा बाहिरि देखिने दाँत र भित्र देखिने दाँतमा आकाश र जमिनको फरक रहेको सुनाए । उनले ओली र प्रचण्ड मिलेर अघि बढ्ने सम्भावना नै नरहेको जिकिर गरे ।

मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दिक्षितले ओली र प्रचण्ड मिलेर गठबन्धन बनाएपनि मानसिक तवरमा बनेको कि बनेन भन्ने कुरा मुख्य कुरा भएको बताए । उनकाअनुसार अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई ठ्याम्मै सुताईदिएका छन् । उनले भने,‘ओलीले प्रचण्डलाई लम्पसार पारिदिए ।’



प्रतिक्रिया दिनुहोस्