Logo

‘भीडतन्त्रले होइन, न्यायालयले न्यायको निरुपण गर्छ’



काठमाडौं, ४ भदौ । राष्ट्रियसभाका सांसद कालीबहादुर मल्लले समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको लक्ष्यलाई सबैले साथ र सहयोग दिन आग्रह गर्दै समाजिक सञ्जालले कसैलाई दोषी र निर्दोष प्रमाणित गर्न नसक्ने बताए ।

विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद मल्लले भने,“भीडतन्त्रले न्याय निरुपण गर्ने होइन, न्यायालयले न्यायको निरुपण गर्छ । संविधानको रक्षा सबैले गर्नुपर्छ ।”

त्यस्तै, सांसद सुमनराज प्याकुरेलले नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय भेटघाट तथा छलफल हुँदा कोशी सम्झौताका बारेमा कुराकानी गर्न आग्रह गरे । उनले भने,“भारतले कोशी सम्झौता कार्यान्वयन नगर्दा नेपाललाई असर परेको छ । अहिले सप्तरी, उदयपुरवासी रिले अनशनमा छन् । अनशनरत जनताको माग सम्बोधन हुनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्