Logo

रवि लामिछानेलाई ठूलो नोक्शान पर्दैछ-सांसद पोखरेल



सांसद कृष्णभक्त पोखरेल चितवनबाट प्रतिनिधित्व गर्छन् । नेकपा नेता पोखरेलसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

चितवनको हालखबर के छ ?
यहाँ सबै ठिकै छ । रवि लामिछानेको पक्राउपछि केही घटनाहरु अगाडि आएका छन् । यसमा केही स्वभाविक र केही प्रायोजित किसिमबाट घटनाहरु घटेको देखिन्छ । यहाँ समान्य घटनाभन्दा पनि गणतन्त्र, संघीयतालगायत प्रणालीकै विरोध गर्ने जमातहरु देखिए । जसले व्यक्ति नै किटान गरेर गालीगलौज गरिएको छ, जसको घटनासँग कुनै सरोकार नै छैन । जानीनजानी पत्रकार साथीहरु पनि लागेको देखियो त्यस्ता व्यक्तिहरुलाई उकास्न लागेको देखियो ।

अहिले मृतक पत्रकार शालिग्राम पुडासैनिको परिवारले किटानी जाहेरी दिएको यसमा तपाईंहरुको भूमिका के छ ?
यसमा हाम्रो संविधानले नै व्यवस्था गरेको पीडितले न्यायका लागि उजुरी गर्न पाउने भनेर । पीडितको उजुरी र अन्य तथ्य प्रमाणको आधारमा पीडकलाई पक्राउ गर्ने, अनुसन्धान गर्न पाउने अधिकार संविधानमा नै उल्लेख छ । त्यसमा अदालतले न्यायिक छानविन गरी फैसला गर्ने अधिकार छ । यसको विरुद्धमा कुनै थुनछेक भयो भने त्यो सरासर अहिलेको संविधान, विधि र कानुन विरुद्धको काम हुने छ । यसरी विधिपूर्वक छानविन भइराखेको बेला रवि छामिछानेलाई अहिले नै रिहा गर, छानविन गर्न पाइँदैन भनेर मुर्दावाद र जिन्दावादको नारा लगाउने जुन काम भइराखेको त्यसले रविजीको छवि बिगार्ने काम भइराखेको छ । त्यहाँले म न्यायको लागि आएको छु, म निर्दोष छ भनेर दरिलो ढंगबाट प्रस्तुत हुँदा भइगयो । भोलि दूधको दूध, पानीको पानी छुट्टयाउने ठाउँ त अदालत छँदैछ । न्यायदेखि डराएर हुल जम्मा गरेर के काम ? यो हुलतन्त्र त होइन । यो लोकतन्त्र हो, यसमा हुलको कुनै अर्थ छैन । यसमा निदोर्ष नफसोस् र दोषी कानुनी कारबाहीबाट नउम्कियोस् ।

पुडासैनीको आत्महत्या कि हत्या भएको हो ?
अपराध संहिता बनाउन म पनि संलग्न भएको थिएँ । त्यो अपराध संहितामा हामीले स्पष्ट लेखेका छौंः कहिलेकाही व्यक्तिको कसैका कारण मृत्यु या आत्महत्या हुन्छ । त्यसमा आरोपले कानुनी कठघरामा आउनुपर्छ भनेर स्पष्ट लेखिएको छ । यस्तो कानुन पहिला थिएन अघिल्लो भदौ १ गतेबाट लागु हुनेगरी मुलुकी अपराध संहितामा यो कुरा उल्लेख गरिएको छ । अहिले पुडासैनीको आत्महत्या हो या होइन भन्ने कुरा एकिन गर्न सकिएन । घटनाको प्रकृति हेर्दा सुसाइड हो भन्ने देखिएको छ । अहिले नै कर्तव्य हो या सुसाइड हो भनेर निक्र्यौल गरिहाल्ने बेला भएको छैन । यसलाई अनुसन्धान र अदालतले देखाउने कुरा हो ।

नेपाल प्रहरीले त पुडासैनीको मृत्यु झुन्डिएर भएको हो भनेको छ नि ?
यो मिडियाले गर्दा भएको होला । कुनै मिडियामा पुडासैनी आफै डोरी किन्न गएको भनेर आएको छ । यसले आत्महत्या भएको भन्ने देखिन्छ । नेपालको कानुनमा कसैको कारणले आत्महत्या गर्न वाध्य भएँ भनेको भरले कानुनी कठघरामा आउने व्यवस्था २०७५ साल भदौंसम्म थिएन । अहिले हामी यो कानुनको प्रवन्ध ग¥यौं । यो भन्दा पहिला कुनै नजिर स्थापित भएको पनि छैन र मुद्दा परेको पनि छैन । यो सर्वोच्च अदालतले यसको टुंगो लगाउँछ होला । तर आज हामीले यदि मृत्यु हुनुको कारण कुनैले सिजर्ना कसैले गर्दछ भने त्यो पनि दण्ड हो र त्यसलाई पाँच वर्षसम्म जेलसजाय हुन सक्छ भन्ने कानुनी प्रवन्ध छ । त्यसलाई आधार मानेर रविजीमाथि जुन आरोप लागेको छ । आरोप लाग्ने बित्तिकै उहाँ दोषी त होइन । मृत्युभन्दा केही अगाडि बोलेको कुरालाई टाइम डिक्लेरेसन भनिन्छ त्यो कति महत्वपूर्ण हुने अन्य तथ्य सबुदहरुले के भन्छ ? यी प्रमाणका आधारमा भोलि सरकारी वकिलले यसको पैmसला गर्दछ । अदालतबाट जसको पक्षमा अन्तिम पैmसला हुन्छ त्यसलाई हामी सबै लोकतन्त्रवादीले स्वीकार गर्नुपर्छ ।

विधिको शासन र कानुनी राज्य भएको मुलुकमा निर्दोष व्यक्तिलाई दबाब दिएर दोषि सावित गर्न मिल्छ कि मिल्दैन ?
शंकाको भरमा अनुसन्धान गर्नेवित्तैकै कोहीपनि व्यक्ति दोषी भइहाल्छ भनेर आँकलन गर्न मिल्दैन । त्यसकारण रविजीलाई अहिले नै हामीले दोषी भइहाले भन्ने मिल्दैन । उहाँ अहिलेसम्म त खाली अनुसन्धानको घेरामा पर्नुभएको हो । घर यसलाई फेरि उहाँ निर्दोष हो भनेर ¥याली, जुलुस गरेर हुलले निर्णय गर्ने प्रणालीलाई हामीले स्वीकार गर्ने सकिँदैन । यो विधिको शासन पनि हो । न्यायिक प्रक्रियामा गएको बेलामा उहाँले, उहाँको परिवारले सहज रुपमा रहँदा बुरु आम जनसमुदायबाट सहानुभूती प्राप्त हुन्छ । रविजी एउटा योग्य पत्रकार हो । उहाँ जस्तो मानिसले राज्यको न्यायिक प्रक्रियाबाट आपूm निर्दोष भएको प्रमाणित गरेर स–सम्मानसाथ जाँदा राम्रो हुन्छ जस्तो लाग्छ ।

तर, चितवनको कुरा गरिरहँदा यो नेतृत्व भ्रष्ट भयो, सिस्टमै ठीक छैन, राज्य र प्रशासनले न्याय दिन सक्दैन भन्ने जस्ता व्यक्तिहरु किन आए ?
हो, यस्तो खालको कुरा उठाउनुपर्ने सन्दर्भै थिएन । यसमा नेताहरुको नाम जोड्नुपर्ने, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रका विपक्षमा कुरा उठाउनुपर्ने विषय नै थिएन यहाँ । यहाँ ज्ञानेन्द्र शाहीहरुजस्ता व्यक्तिहरु गएर अहिलेको सिस्टमै विरुद्धमा धाराप्रवाह रुपमा गालीगलौंज गर्ने तरिका ठिक भएन । यसले रविजी जस्तो एउटा राम्रो पत्रकारको छविनै धमिल्याउने काम गरेको छ । यस विषयमा नेपाली कांग्रेस र नेकपाले विज्ञप्ति पनि निकालेको छ, कोही दोषी नउम्कियोस् र निर्दोष नफसोस् भनेर ।

कांग्रेस, काम्युनिष्ट एक भएर त्यहाँको अवस्थाको सामना गर्न तयार भए ?
यो अँध्यारोमा ढुंगा हान्दा केही भइहाल्छ कि भनेर नेपाली कांग्रेसका तल्ला तहका साथीहरु चाहिं केही लाग्नुभयो । तर, पछिल्लो विकसित घटनाक्रमलाई लिएर पार्टीको माथिल्लो लेबलमा कुरा गरिसकेपछि नेपाली कांग्रेससँग अनुसन्धानमा हामी सबैको सहयोग हुनुपर्छ भन्नेमा साझा दृष्टिकोण बनेको छ ।

अनुसन्धान कहिलेसम्म सकिन्छ ?
देशको एउटा प्रसिद्ध पत्रकार भएकाले अरुभन्दा छिटोछरितो गर्नुपर्छ । जति सक्दो छिटो सकेसम्म २५ दिनभित्रमा सबै प्रक्रिया एउटा निर्णयमा पुग्छ ।

२५ दिन लाग्छ निर्णयमा पुग्न ?
निर्णयमा पुग्नलाई सबै डकुमेन्टहरु आइपुग्नुपर्छ । कतिपय प्रमाणित गर्नुपर्ने चिजहरु पनि छन् यी सबैले गर्दा २५ दिनसम्म लाग्न सक्छ ।

हाम्रो देशमा धेरै कानुनहरु बने तर यसको कार्यान्वयनमा चुनौति देखिएको हो ?
हो, हामीले कतिपय संविधानमै भएका अधिकारहरु पनि लागु गर्न सकेका छैनौं । यसमा नागरिकताकै कुनै कुरा गर्दा पनि आमा वा बाबु कुनै नेपाली नागरिक रहेछ भने उसले नागरिकता पाउँछ भनिएको छ । त्यसको कार्यान्वयन भएको छैन । त्यसैगरी फन्डामेन्टल लका थुप्रै कानुनहरु बनेका छन् लागुन सकेका छैन । अर्को दलितका लागि हामी घर जग्गा दिन्छौं भनेर कानुनमा लेखिएको छ । रोजगारीको हकसम्बन्धी कानुन छन् । त्यसैगरी स्वास्थ्यसम्बन्धी यो–यो रोगहरुको निशुल्क औषधि दिन्छौं भनेर कानुन बनाइएको छ त्यो पनि लागु भएको छैन । जसरी सरकारले ल्याएको कानुन बमोजिम सरकारी अस्पतालहरुमा गएर सेवाग्राहीहरुले पाउने सुविधा राम्रोसँग पाउन सकेका छैनन् । खुसी नेपाली बनाउने कानुन चाहिं बनेका छन्, तर त्यसलाई कार्यान्वयन गर्न सकिएको छैन ।

सामाजिक सञ्चालमा आएका क्रियाप्रतिक्रियालाई कसरी लिनुभएको छ ?
चितवनकै घटनाको विषयालई लिएर पोष्टमार्टम रिपोर्टभन्दा फरक खालका दृश्य, चित्र, शब्दहरु पस्कने, फोटो मिलेन, यसो भनेकै छैन बनावटी छ । ठ्याक्कै मिल्दैन भनेजस्ता विभिन्न कुरा आए त्यसले आशंका उब्जाउँछ । त्यसैले पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा राष्ट्रप्रति सकारात्मक सन्देश जाने गरी गर्नुपर्छ । हामीले समाचार सम्प्रेषण गर्दा भर्खारै आएको लोकतन्त्र, गणतन्त्र, संघीयतालाई टेवा पुग्नेगरी गर्नुपर्छ । नेपाललाई धेरै वर्ष गुमराहमा राख्ने राजतन्त्रलाई सहयोग पुग्ने गरी समाचार र धारणा प्रस्तुत हुनु भएन ।

चितवनको आन्दोलनमा राजावादीहरु हावी छन् ?
यसमा राजावादीभन्दा पनि पुनरुत्थानवादीहरु यही बेलामा केही गर्न सकिन्छ कि भनेर लागेको हुन सक्छ । जो अहिलेको सिस्टमलाई नै बिगार्न चाहन्छ उनीहरु हावी भएको पाइन्छ । पहिलो दिन १५ सयजति मानिस जुटेका थिए त्यसपछि त २ सय पनि छैनन् ।

यसमा चितवनका जनताहरु सहभागी छैनन् ?
छैनन् ।

यो घटनामा प्रचण्ड र यहाँकी मेयर रेणु दाहालको नाम किन जोडिएको ?
सबैभन्दा आश्चर्य लाग्दो कुरा यही हो । प्रचण्डजस्तो नेतालाई घटनाको बारेमा थाहा पनि हुँदैन । जुन हामीले नभनेसम्म । मेयरलाई बिहानदेखि बेलुकासम्म भरतपुर महानगरपालिकाको काम गर्दैमा फुर्सद छैन । जुन व्यक्तिहरु हुनुहुन्छ यस प्रकारको घटनासँग साइनो नै हुँदैन । कारण पनि पनि छैन । चितवनको जनताहरु पछि हटेपछि आन्दोलन खुम्चियो । यो आन्दोलनमा प्रचण्ड परिवारमाथि बिना काममा प्रहार भयो । यसले प्रचण्डलाईभन्दा पनि रविजीलाई नै घाटा पुर्याएको छ ।

नेकपामा नयाँ समिकरण बनेको हो ? माधव नेपाल र झलनाथको घटुवा बढुवा भएको हो ?
यसलाई घटुवा बढुवा भन्न मिल्दैन । दुवै नेता शीर्ष हुनुहुन्छ । विगतमा अलिक फरक व्यवस्था गरिएको छ । यो पार्टीभित्रको अत्यन्तै भित्री कुरा हो । यो नयाँ चाहिं होइन । पहिला पनि झलनाथजी अध्यक्ष पछि हुनुहुन्थ्यो त्यसपछि माधवजी हुनुहुन्थ्यो अहिले निरन्तरता दिइएको हो । यो राम्रो कुरा त होइन नेताहरुबीच उकता रहेन भने । नेकपा क्याडर वेश पार्टी हो । त्यसैले नेताको मन दुख्दा कार्यकर्ताको पनि दुख्छ ।



प्रतिक्रिया दिनुहोस्