Logo

ओली र जयशंकरबीच वान टु वान एक घण्टा भेटवार्ता



काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार मात्र नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

ओली र जयशंकरबीच वान टु वान एक घण्टा भेटवार्ता भएको थियो ।

भेटमा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरी, प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराई, राजनीतिक सल्लाहाकार विष्णु रिमाललगायतको सहभागिता थियो ।

आयोगको बैठक बुधबार नै सुरु हुँदैछ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ ।

बैठक बुधबार र बिहीबार हुनेछ । भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ ।

जयशंकर आजै नेपाल आइपुग्नुभएको हो । उहाँलाई परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले स्वागत गर्नुभएको थियो ।

भोलिसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्