Logo

सव-इञ्जिनियर सहित पाँच जनाविरुद्ध मुद्धा दायर



सुर्खेत । सिम्ता गाउँपालिकामा कार्यरत सिभिल सव इञ्जिनियर शिव शंकर पोख्रेल र इञ्जिनियर नविन शर्मा लगायत पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । ३ भदौमा उनीहरुविरुद्ध मुद्धा दायर गरिएको हो ।

सिम्ता गाउँपालिका वडा नं. २ देउली-सिर्पा-काफलकोट जोड्ने सडकमा विनियोजन भएको रकम बराबरको काम नभएको भन्ने उजुरीउपर अनुसन्धान हुँदा उनीहरुले देउली-सिर्पा-काफलकोट सडक निर्माणमा ट्रयाक ओपनिङ्गमा नभएको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने आइटमहरूमा बढी परिमाण गरेको देखाई कार्यसम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ । गलत प्रतिवेदन पेश गरी चार लाख ५६ हजारभन्दा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको प्रमाणित हुन आएकोले उनीहरुविरुद्ध कानुनबमोजिम सजाय मागदाबी समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्