Logo

नेकपा सचिवालय बैठक सुरु, माधव सहभागी



काठमाडौं, ४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्टा पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा आज माधवकुमार नेपालपनि सहभागी भएका छन् । वरियताक्रम हेरफेर गरेर चौथो स्थानमा पुर्याईएपछि असन्तुष्ट बनेका नेता नेपालले लिखित रुपमै आफ्नो असन्तुष्टि पार्टीभित्र दर्ज गरिसकेका छन् ।

आज विहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा नेताहरुको कार्यविभाजबारे छलफल भएको बुझिएको छ । पार्टी एकताका बांकी काम टुंगो लगाउने, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन, स्वास्थ्य उपचारका लागि प्रधानमन्त्रीको भोलिदेखि हुने सिंगापुर भ्रमणलगायतका विषयमा अध्यक्षद्वयबीच आज विहान छलफल भएको थियो । दुई अध्यक्षबीच वरिष्ठ नेता माधवकुमार नेपालको फरक मतका विषयमा समेत छलफल हुने भएको थियो ।



प्रतिक्रिया दिनुहोस्