Logo

ट्रम्पले काश्मिर मामलामा मोदीसँग कुरा गर्ने



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर मामलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गम्भीर कुराकानी गर्ने भएका छन् । जी सेभेन सम्मेलनका दौरान फ्रान्समा मोदीसँग तय भएको भेटमा कुराकानी गर्ने बताएका हुन् ।

ट्रम्पले काश्मिरको विषसलाई “जटिल ठाउँ” उपत्यकाको अवस्थामा धर्म को भूमिका धेरै नै रहेको उल्लेख गरेका छन् । उनले मोदी र इमरान खानलाई आफ्नो घनिष्ठ मित्र समेत भन्न भ्याए । दुवैलाई नचिढ्याउने मोदीको आशय बाहिर आएको छ ।

ट्रम्पले काश्मिरको घटनाक्रमलाई “विस्फोटक अवस्था“ भन्दै आफूले भारत र पाकिस्तान बीच “मध्यस्थताका लागि उत्तम काम गर्ने समेत बताए ।

ट्रम्पले भनेका छन्,“म प्रधानमन्त्री मोदीसँग फ्रान्समा सप्ताहन्तमा हुनेछु । मलाई लाग्छ अवस्थालाई तनावपूर्ण रूपमा समाधान गर्न मद्दत गरिरहेका छौं ।’ उनले अगाडि भने, “म मध्यस्थता गर्न वा केहि गर्न सक्दो राम्रो गर्छु ।’-एजेन्सी, Photo File



प्रतिक्रिया दिनुहोस्