Logo

रवि पत्नी निकिताको जाहेरी प्रहरीले किन बुझेन



काठमाडौं । नेपाल प्रहरीले सञ्चारकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले दिएको जाहेरी नलिएपछि शालिकराम पुडासैनी आत्महत्या प्रकरण घटनाले नयाँ मोड लिएको छ । ४ भदौमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध उजूरी दिन पुगेकी पौडेलको उजूरी नलिएको बुझिएको छ ।

पौडेलले शालिकराम पुडासैनीले रेकर्ड गरेको गोप्य भिडियो सार्वजनिक गरेको विषयमा तीनजनाविरुद्ध उजूरी गर्न पुगेकी थिइन् । उजूरी गर्न पुगेकी पौडेलको उजूरी नलिएकोबारे सोध्न खोज्दा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका डिएसपी होमिन्द्र बोगटीको मोबाइल बन्द छ ।

भिडियो बाहिरिनुलाई प्रहरीको योजना भन्दै रवि लामिछाने निकटस्थले आरोप लगाउँदै आएका छन् । यसबारे बुझ्न खोज्दा नेपाल आजका सम्पादक संकेत कोइरालाले देशको कानुनको पालना गर्न आफू सधै तयार रहेको बताए । उनले भने,‘देशको नियम कानुनको सम्मान गर्छु, कानुन अनुसार चल्छु ।’



प्रतिक्रिया दिनुहोस्