Logo

सेनामा अधिकृत क्याडेटको जागिर खुल्यो (दरखास्त हाल्ने विधिसहित)



काठमाडौं । नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदमा दरखास्त आवेदन खुलाएको छ । उसले दुई सय ५० दरबन्दीका लागि दरखास्त आव्हान गरेको हो ।

कुल पदमध्ये समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नको लागि दरखास्त आवहान गरिएको नेपाली सेनाले जनाएको छ । खुलामा १३१, समावेशी तर्फ महिला २२, आदिवासी जनजाति ३६, मधेशी ३१, दलित १७, पिछडिएको क्षेत्र अन्तर्गत ६ सिट रहेका छ । खुला तर्फ पनि सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गदै कुनै शारीरिक चोट पटक लागि सोही कारणबाट शारिरीक अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीहरुका लागि ७ सीट रहेको छ ।

दरखास्त फारम ४ भदौ देखि २ असोज सम्म भरिसक्नुपर्ने छ । दोब्बर दस्तुर बुझाई ३ असोज देखि ९ गतेसम्म फारम भर्न सकिनेछ । फारम दस्तुरका लागि एक हजार बुझाउनुपर्नेछ । सोही विज्ञापनमा समावेशीतर्फ एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहको लागि थप २० प्रतिशतका दरले दस्तुर लाग्ने छ ।

दस्तुर बुझाउनका लागि नेपाली सेनाको जंगी अड्डा तथा निवेदन दिने हकमा श्री नेपाल बैंक लिमिटेडको काठमाडौ भित्र रहेका कुनै पनि शाखाबाट खाता नं. ००१०१००००००००१००१००१ कार्यालय कोड ३४५०१३५१३ र राजस्व शिर्षक नं. १४२२४ मा उम्मेदवार स्वयंमले जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । आवेदनका लागि नेपाली नागरिक हुनुपर्ने र १८ बर्ष पूरा भई २४ बर्ष ननाघेको साथै न्यूनतम प्रमाणपत्र तह वा सो सरह तथा स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएको हुनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्