Logo

१८ करोड हिनामिना गर्ने बैंकका प्रवन्धक पक्राउ



दाङ । बैंकको रकम हिनामिना गरेको अभियोगमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकी पक्राउ गरेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

बैंकको करीब रु १८ करोड हिनामिना गरेको अभियोग बुढाथोकीलाई लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार आरोपित बुढाथोकीले बैंकको रु १७ करोड ९९ लाख हिनामिना गरेका थिए । बैंकको केन्द्रीय कार्यालयको उजुरीका आधारमा लमहीबाट उनलाई पक्राउ गरिएको हो ।

बुढाथोकीले ३५ जना नक्कली ऋणी तयार गरी आफूलाई फाइदा हुने गरी बैंकबाट पैसा झिकेको बैंकले जनाएको छ । आरोपित बुढाथोकीलाई थप अनुसन्धानका लागि आजै नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ । दाङमा वाणिज्य इजलास नभएकाले नेपालगञ्ज पठाइन लागिएको प्रहरीले जनाएको छ ।

घोराही–१५ भरतपुर निवासी बुढाथोकी २०६७ देखि बैंकमा कार्यरत रहेका थिए। डेढ वर्षअघि मात्रै उनी प्रबन्धकका रूपमा नियुक्त भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्