Logo

हवाई आक्रमणमा १८ जना तालिवान विद्रोही मारिए



अफगानिस्तानमा हवाई आक्रमणमा १८ जनाको मृत्यु भएको छ । उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिवानी विद्रोही मारिएका छन् ।

कारबाहीमा अरु १० जना घाइते भएका छन् । हमलापछि अशान्त एस्कामिस जिल्लाका सयौं गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको छ ।

सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन । अफगानिस्तानमा तालिवानले मुख्य शहरहरुमा बम हमला गरिरहँदा सरकारी फौजले पछिल्लो कारबाही गरेको हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्