Logo

गणतन्त्र र संघीयतामाथि प्रहार गर्ने प्रयास भयो—सुभासचन्द्र नेम्वाङ



पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङ शालिन नेताको परिचय बनाउन सफल छन् । संविधानसभामार्फत् नेपालको संविधान जारी हुँदा संविधानसभाका अध्यक्ष रहेका उनी समन्वयकारी नेता पनि हुन् । नेम्वाङसँग नेपाली रेडियो नेटवर्ककाको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

हिजो प्रधानमन्त्री निवासमा के विषयमा छलफल भयो ?
हिजो प्रधानमन्त्रीले बालुवाटारमा बैठक बोलाउनुभएको थियो । त्यहाँ सबै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो । बैठक निकै राम्रोसँग सम्पन्नभएको छ । बैठकमा सबैं दलका नेताहरुले व्यवस्थालाई अप्ठ्यारो पर्ने बेलामा सबै एक ढिक्का भएर सहयोग गर्ने निष्कर्ष निकालेका छन् । सबै दलहरु एक छन् र सधैं एक भएर अगाडि बढ्छन् भन्ने हिजोको बैठकको निष्कर्ष रहेको थियो ।

गणतन्त्रमाथि प्रहार हुनथाल्यो भनिन्छ, कुन पक्षबाट भयो ?
जनताले ठूलो बलिदानी गरेर एउटा परिवर्तन मुलुकमा ल्याएका छन् । एउटा प्रणाली स्थापित गरेका छन् । धेरै ठूलो प्रयासपछि संविधानसभाबाट संविधान जारी भएको छ । प्राप्त संविधानलाई कार्यान्वयन गर्दै जनतालाई सवल बनाउँदै मुलुक यो ठाउँसम्म आइपुगेको छ । त्यसैलाई लिएर बेला बेलामा प्रश्न उठाउने गरेको महसुस भएको छ । त्यस्ता कुचेष्टाहरुलाई कुनै पनि हालतमा सफल हुन दिँदैनौं भनेर दलहरुले सन्देश दिन खोजेका हुन् भन्ने मलाई लाग्छ र हिजोको बैठकमा त्यही विषयमा छलफल भयो ।

हिजोको बैठले गणतन्त्रमा संकट आएको भन्ने निष्कर्षमा पुगेकको हो कि होइन?
संकट आएको निष्कर्ष होइन । तर, अहिले पनि गणतन्त्र, संघीयता र जनताले ल्याएको परिवर्तन, त्यमाथि प्रहार गर्ने प्रयासहरु जारी छन् । यदि कहिँकतैबाट त्यस्तो भयो भने हामी सबै दलहरु एक छौं है भनेर ऐक्यवद्धता जारी गरिएको हो । बेला बेलामा दलहरु बीचमा हुने मनमुटावलाई लिएर कसैले उत्साहित नभए हुन्छ लोकतन्त्र र गणतन्त्रको पक्षमा हामी सधैं एक छौं भन्ने निष्कर्ष हो ।

संविधानसभाबाट प्राप्त संविधानमाथि आक्रमण हुनथालेको भन्ने निष्कर्षमा दलहरु पुगेका हुन् ?
त्यसको विरुद्धमा लागिरहेका छन् । त्यस्तो अवस्थामा हामी चुप लागेर बस्दैनौ । सबै दलहरु मिलेर संविधानलाई कार्यान्वयनतर्पm लानेछौं । संविधानलाई कार्यान्वयमा अगाडि लैजानका लागि सबै दलहरु एक ढिक्का भएर लाग्ने निर्णय बैंकले गरेको छ । हिजोको बैंठकमा सफलतापूर्वक त्यो सन्देश दिएका छन् भन्ने लाग्छ ।

परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएका हुन्र ?
सदासर्वदा परिवर्तनकारी शक्तिहरु एकठाउँमा उभिइरहने छन् । उनीहरुको बीचमा कतिपय विषयमा मतान्तर र विवाद होला । त्यो विवाद कहिलेकाहीं अलि बढी चर्को रुपमा पनि देखिएको होला । तर, यसबाट कोहीपनि उत्साही नभए हुन्छ । अप्ठ्यारो बेलामा दलहरु एक ठाउँमा उभिने छन् भन्ने हिजोको बैठकबाट सन्देश गएको छ ।

हिजोको बैठकमा प्रधानमन्त्रीले के के भन्नुभयो ?
पहिला प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको बारेमा कुरा राख्नुभयो । त्यसलाई लिएर छरिएका भ्रमहरुका बारेमा पनि बताउनुभयो । देशको अहिलेको अवस्थाको बारेमा पनि कुरा राख्नुभयो । शान्ति प्रक्रिया एउटा अगाडि बढेको त्यसलाई तार्किक निष्कर्षमा पु¥याउन दलहरु लागिरहेका छन् । यी सबै कुरालाई लिएर दलहरुलाई एक ढिक्का भएर अगाडि बढ्न छलफल गर्दै एउटा निष्कर्षमा पुगौं भन्ने आग्रह गर्नुभयो । यस्ता बैठक र निरन्तर हुन्छन छलफल गर्दै एउटा निष्कर्षमा पुग्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सत्यनिरुपण तथा मेलमिलाप आयोग पदाधिकारीविहीन छन् नि ?
त्यस बारेमा हामी सबै दलहरु सचेत छौं । अहिले एउटा छनोट समिति गठन भएको छ । त्यो समिति आफ्ना काममा लागिरहेको छ । त्यसलाई समयमै निष्कर्षमा पु¥याउन दलहरु प्रतिबद्ध छन् । त्यही सन्दर्भमा दलहरु आज पनि बैठक बसिरहेका छन् ।

त्यसो भए आजको बैठकमा सहमति हुन्छ ?
आज एउटा सहमतिमा पुगिन्छ भन्नेमा हामी विश्वस्त छौं । हिजोको बैठकमा दलहरुले त्यही प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुलुकमा गणतन्त्र आएको १०/१२ वर्षमै किन यसरी प्रहार भयो? तपाईंहरुको कमजोरीका कारणले हो ?
साच्चिकै पछाडि फेर्के हेर्नो हो भने २००७ सालदेखि नै संविधानसभाबाट संविधान बन्नुपर्छ भनिएको हो । तर संविधानसभा स्थापितसम्म गर्न सकिएन । २०६२/६३ को आन्दोलनपछि संविधानसभा गठन भयो । तर, संविधान नै नबनिकनत्यो विघटन भयो र दोस्रोपटक संविधानसभा गठन भयो । त्यसपछि दुईवटै संविधानसभा जोडिएर अन्तमा ५ वर्ष ८ महिना लगाएर संविधान बन्यो । अहिले त्यो कार्यान्वयनको चरणमा छ । यो इतिहासलाई हेर्दा बेलाबेलामा जनताहरु बलिया भएका छन् परिवर्तनका लागि प्रक्रिया अगाडि बढेको छ । जति बेला जनता कमजोर भएका छन् त्यो परिवर्तन असफलता तिर गएको छ । अहिले पनि परिवर्तनको पक्षमा व्यापक जनता छन् ।
पहिलाको तुलनामा अहिले जनता बलिया पनि छन् । त्यसलाई कमजोर बनाउने प्रयास यदाकदा भइरहेका छन् । यीनै कुरालाई मध्यनजर गरी हिजो एउटा सन्देश दिन खोजिएको छ । त्यसले अब जनताले कहिल्यै कमजोर महसुस गर्नुपर्दैन भन्ने विश्वास छ ।

जहिले पनि कांग्रेस र कम्युनिष्टको झगडाले लोकतन्त्र खतरामा परेको भन्छन्, अब तपाईंहरु सुध्रिनुभएको हो ?
विगतदेखि नै हाम्रो तर्पmबाट कमीकमजोरी देखिएको छ । आन्दोलनका बेला सँगै लडे पनि त्यसलाई संस्थागत गर्ने बेलामा दलहरु कताकता चुक्ने गरेको पाइन्छ । अहिले पनि त्यस्ता खाले कमीकमजोरीहरु दलहरुले बेलाबेलामा देखाउने गरेका छन् । तर, हिजो एउटा सन्देश दिन खोजेका छन् अब हामीबाट त्यस्तो कमी कमजोरी हुने छैन ।

सिस्टमै प्रहार हुँदापनि भ्रष्टाचार अन्त्यका लागि तपाईंहरुले किन पहल गर्नुभएन?
त्यसतर्पm हाम्रो ध्यानाकर्षण भएको । पछिल्लो समय संविधानसभाबाट संविधान बनाएर जारी गरिएको छ । नेपालको इतिहासमै पहिलो पटक जनताले, जनताको लागि संविधानसभाबाट संविधान बनाएका छन् । यी सबैबाट हामीले एउटा प्रणाली स्थापित गरेका छौं । यसैमा टेकेर मुलुकलाई समृद्धितर्पm डोर्याउने हो । यहाँ व्यक्ति, पार्टी मन परेन भने जनताले फेर्न सक्छन् । त्यो प्रणालीको विकास नेपालमा भइसकेको छ । त्यो प्रणालीमा टेकेर जनताले शासनचलाउन सक्छन् ।

नेताहरु सुविधाभोगी भए, जनताको चाहना अनुसार काम गरेनन् भन्ने गुनासो छनि ?
त्यसमा कहीं कतै कमजोरी हुन सक्छन् । तर, समग्रमा त्यस्तो छैन । दलहरुले यो कुरालाई राम्रोसँग बुझेका छन् ।

दलहरु एक ढिक्का छौं भनेर बैठक बसेकै दिन माधवकुमार नेपालको असमझदारी किन रह्यो ?
प्रजातान्त्रिक दलभित्र सानातिना विवाद देखिनु अचम्मको कुरा होइन । सर्वदलीय बैठकमा पहिल्यै थाहा थियो उहाँ आइपुग्नुभएन । अरु सबै दलका शीर्ष नेताहरुको उपस्थिति थियो । सर्वदलीय बैठक पछि अर्को कार्यक्रम थियो बालुवाटारमा । त्यो बैठक सिध्याएर हामी आउँदाआउँदै माधव नेपालपनि आइपुग्नुभएको थियो । बाहिर प्रश्न उठाइएको जस्तो होइन स्वभाविक रुपमा केही विवादहरु छन् ।

हिजोको बैठकको विषयलाई लिएर प्रधानमन्त्रीमाथि माधव नेपालप्रले हार गर्नुभयो नि ?

माधवजीले केही प्रश्नहरु उठाउनुभएको छ । त्यसलाई पार्टीको विधानअनुसार प्रजातान्त्रिक ढंगले एउटा निष्कर्षमा पु¥याउँछौं ।

अध्यक्षको कार्यशैलीले पार्टी र सरकार दुवैलाई घाटा छ भनेर किन भन्नुभयो माधव नेपालले ?
किन भन्नुभयो त्यो उँहाको विचार होला । तर, दलले यी सबै समस्याको किनारा लगाएरै छाड्छ ।

आन्तरिक द्वन्द्व पार्टीभित्र व्यवस्थापन हुन्छ ?
व्यवस्थापन गर्दै हामीहरु यहाँसम्म आइपुगेका छौं । अस्तिपनि एउटा समस्यालाई किनारा लगाउने कामभयो । उहाँका भने केही प्रश्नहरु रहेका छन् । उहाँको समस्यालाई पार्टीले हल गर्छ ।

तर माधव नेपाल त केपी शर्मा ओलीले पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छोड्नुपर्छ भन्नुभएको छ नि ?
त्यो उहाँको व्यक्तिगत धारणा हो । कुन सन्दर्भमा आएको हो थाहाभएन । हामीले दुई पार्टीलाई एकता ग¥र्यौ त्यसलाई मिलाउने क्रममा दुईपार्टीका दुई अध्यक्षलाई केन्द्रमा राखेर आएका छौं । यो प्रक्रियामा माधव नेपाल पनि संलग्न हुनुहुन्छ ।

एक व्यक्ति एक पदको कुरा उठेको छ नि नेपाल कम्युनिष्ट पार्टीभित्र?
यो पार्टीमा दुई अध्यक्ष कसरी हुने भयो भनेर हामीले पनि सोधेका थियौं । पार्टी मिलाउने क्रममा ९ जनाको सचिवालय बनाएको छ । त्यसमा माधवकुमार नेपालपनि हुनुहुन्छ । उहाँलाई पनि थाहा छ दुई पार्टीलाई एकताबद्ध बनाउने क्रममा यस्तो भएको भनेर ।

तर विधि, विधान र पार्टी प्रणाली अनुसार कम्युनिष्ट पार्टी गएन नि ?
त्यस्तै देखिएको छ । पार्टीभित्रै बसरले समस्याको समाधान गर्न सकिन्छ ।

नौ महिनादेखि स्थायी कमिटिको बैठक पनि सबेको छैन नि ?
यो पार्टीको एकीकरणपछि मिलाउने कुरा थिए । पार्टी एकीकरणलाई सार्थकता दिन ९ जनाको कमिटी बनाइएको छ । त्यसमा माधव कमरेड पनि हुनुहुन्छ ।

पार्टी अध्यक्ष त भोलि विदेश जाँदै हुनुहुन्छ कसरी बैठक बस्नुहुन्छ ?
केही आफ्नो उपचारको लागिविदेश जानुहुन्छ । फेर्केपछि पार्टीको स्थायी कमिटीदेखि सबै कुरा प्रक्रियामा जान्छन् ।

माधव नेपालले त केपी ओलीले एक अध्यक्ष पद छोड्नुपर्छ भन्नुभएको छ नि ?
अब उहाँकुन सन्दर्भमा भन्नुभयो । स्थायी कमिटिमा भएको मान्छेले पार्टी भित्र चित्त नबुझेका कुरा पार्टीभित्रै राख्नुपर्छ बाहिर भन्दै हिड्ने होइन ।

माधव नेपालले आपूmलाई पार्टीभित्र व्यइज्जत भयो भन्नुभएको छ नि ?
त्यो सचिवालयमा भन्नुपर्छ । उहाँ सचिवालयमै हुनुहुन्छ बाहिर भन्दै हिड्ने होइन ।



प्रतिक्रिया दिनुहोस्