Logo

रविले हिरासतबाटै भने : ‘आजबाट प्रहरीसँग नै असुरक्षित भएको महशुस गरेको छु’



काठमाडौं, ४ भदौ । न्यूज २४ टिभीका प्रस्तोता रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ। पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका छन्।

रविले बुधबार साँझ आफ्नी पत्नीको फेसबुकमार्फत पाँचौ दिनसम्म हिरासतमा सुरक्षित महशुस गरेको भएपनि आजबाट प्रहरीसँग नै असुरक्षित भएको महशुस भएको बताएका छन् । उनले निकिताको फेसबुमार्फ हिजो फेरि पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम आफूहरुलाई फसाउने गरि सुनियोजित र नियतपुर्ण रहेको पनि दाबी गरेका छन् ।

लामिछानेले आफू र आफ्ना सहकर्मी युवराज कँडेल र उक्त घट्नामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिएपश्चात् घटनामा आफूहरुको कहीँ कतै संलग्नता नदेखिएको कुरा प्वईन्टवाईज स्पष्ट भैसकेको पनि दाबी गरेका छन् । आफूले पुडासैनीको घट्नाको विषयमा प्रहरीलाई अनुशन्धानमा सघाउ पुर्याउँछु भनेको र पाँचौ दिनसम्म हिरासतमा रहँदा प्रहरीलाई पूर्ण रुपमा सहयोग गरेको पनि उनको दाबी छ ।

रविले यो घट्नालाई लिएर प्रहरीले आफूलाई पाँच वर्ष नै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहेका सम्पूर्ण शुचचिन्तकहरुलाई आफूलाई हिरासतबाट निकालेको पाँच मिनेटभित्रै उक्त घट्नामा आफ्नो कहीँ कतै संलग्नता छैन भनेर प्रमाणित नै गर्न सक्ने दाबी पनि गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्