Logo

पति अरबमा पत्नी परपुरुषसँग होटलमा मृत



काठमाडौं । पति अरबमा रहेका एक महिला होटलमा मृत फेला परेकी छिन् । उनको साथमा होटलमा बसेका पुरुष पनि मृत फेला परेकाले घटना रहस्यमी बनेको छ ।

यो घटना टोखा नगरपालिका–९ गोँगबुस्थित पोखरा होटल एण्ड लजमा भएको हो । जहाँ दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । होटलको १११ नम्बर कोठामा ३ भदौको राति बास बस्न पुगेका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीया सविना तामाङ बजगाईं ४ भदौको दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले मङ्गलबार राति सुत्न आएको दुवैजना आज दिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको बताएका छन्। मृतक दुवैजना विवाहित रहेको खुलेको छ ।
प्रहरीले उनीहरुकोे कोठाबाट रक्सीको बोतलहरु बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक महिलाले केही वर्ष अघि काभ्रे घर भएका पुरुषसँग अन्र्तजातीय विवाह गरेकी थिइन् । पति विदेश गएपछि उनको सम्बन्ध अर्को पुरुषसँग भएको थियो ।



प्रतिक्रिया दिनुहोस्