Logo

नेपाल एजुकेशन फेष्ट २०१९ भाद्र ६ र ७ गते राजधानीमा हुदै



काठमाण्डौ । राजधानीमा यही भाद्र ६ र ७ गते शैक्षिक मेला नेपाल एजुकेशन फेष्ट २०१९ आयोजना हुने भएको छ ।

विदेशी मुुलकका विभिन्न युनिभर्सिटीहरुसँग आवद्ध कलेजहरुको सहभागिता रहने सो फेष्टमा काठमाण्डौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, त्रिभुुवन विश्वविद्यालय र पुर्वाञ्चल विश्वविद्यालयका विभिन्न प्रतिष्ठित कलेजहरु समेत सहभागी हुुने तय भएको आयोजकको भनाई छ ।

भदौ ६ र ७ गते आयोजना हुुने २ दिने नेपाल एजुकेशन फेष्ट २०१९ मा इन्जिनियरिगं, आइटि, व्यवस्थापन र मानविकी संकायको अलग अलग स्टल राखिने र यी विषयहरुका बारेमा विद्यार्थीहरुले परामर्श लिन सक्ने व्यवस्था मिलाइएको बताइएको छ ।

सहभागी विद्यार्थीहरुलाई लक्षित गर्दै फेष्टमा अन द स्पट एड्मिसन, स्कलरसिपको समेत व्यवस्था गरिनेछ ।

शैक्षिक मेलामा पहिलो दिन विभिन्न शैक्षिक व्यक्तित्वहरुबाट सहभागी विद्यार्थीहरुलाई शैक्षिक यात्रा र करियर सम्बन्धी परामर्श प्रदान गरिनेछ । त्यस्तै, भारतको आइ.आइ.टी. रुर्की द्धारा सांगातिक प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरिने उल्लेख गरिएको छ ।

फेष्टमा ५०० भन्दा बढी उच्च अहोदाका व्यक्तित्वहरुको सहभागिता र शिक्षा क्षेत्रका हस्तीहरु उपस्थित हुने आयोजकको दाबी छ । त्यस्तै, प्लस टू दिएर बसेका सहित करिब १०००० विद्यार्थीहरुले फेष्ट अवलोकन गर्ने आयोजकको विश्वास छ ।

नेपालको उच्च शिक्षा अध्ययनको प्रक्रिया, कलेज र विषय छान्ने तरिका लगायत सम्पूूर्ण शैक्षिक जानकारी दिने उद्देश्यका साथ नेपाल एजुकेशन फेष्ट २०१९ भव्य समारोहका साथ आयोजना गरिने जानकारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्