Logo

भारतका पूर्व गृह तथा अर्थमन्त्री चिताम्बरम पक्राउ



कँग्रेस आईका प्रभावशाली नेता पी चिताम्बरम लेखन क्षेत्रमा उत्तिकै दख्खल राख्थे । उनको लेख इन्डियन एक्सप्रेसमा नियमित रुपमा छापिन्थ्यो । तर, चिताम्बरम २१ अगष्टमा नाटकीय शैलीमा पक्राउ परे ।

रातको समयमा नयाँ दिल्लीस्थित निवासमै पुगेर पक्राउ गरेको थियो । भ्रष्टाचार र मनि लन्ड्रिङमा संलग्नताको अभियोग लागेपछि दिल्ली उच्च अदालतले धरौटी अस्वीकार गरेपछि पक्राउ परेका हुन् । पक्राउ गरी उनलाई सीबीआईको केन्द्रीय कार्यालय पुर्याइएको छ । उनको रिटमाथि शुक्रबारमात्र सुनुवाई हुने तय भएको छ।

दुई दिनयता चिताम्बरलाई पक्राउ गर्ने चर्चा थियो । तर, व्याापक तयारीपछि बुधबार साँझ पक्राउ गरिएको छ । उनको पक्राउलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्