Logo

“प्रधानमन्त्रीलाई तानाशाही नहुनुहोस् भन्यौं”



राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका नेता राजकिशोर यादव युवावस्थामै राजनीतिक उचाई बनाउन सक्षम नेता हुन् । प्रधामन्त्री केपी शर्मा ओलीबाट ३ भदौमा बोलाइएको सर्वदलीय बैठकमा समेत सहभागी उनीसँग देशको राजनीतिक परिस्थितिबारे नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

सर्वदलीय बैठकको निष्कर्ष के हो ?
प्रधानमन्त्रीले संसदभित्रका प्रमुख चार दललाई बोलाउनु भएको थियो । चुनाव भएको लामो समय हुँदापनि यसरी बस्ने मौका पाएका थिएनौं । निर्वाचन सबै आफ्नै ढंगबाट लडियो त्यहाँ केही तीतामिठा भएका होलान् । हामी फरक–फरक विचार राख्ने भएपनि लोकतन्त्रलाई स्थापित गर्ने नाममा, विकास निर्माणका काममा सकारात्मक रुपले हातेमालो गरेर अगाडि बढ्न छलफल गरौं भनेर बोलाइएको रहेछ । उहाँले बाहिर आफ्नो स्वास्थ्यको बारेमा पनि टिकाटिप्पणी भइरहेको, लोकतन्त्रप्रति प्रतिबद्ध छैन भन्ने हल्ला गरिएकोबारेमा पनिचिन्ताव्यक्त गर्नुभयो । त्यसपछि उहाँले तपाईंहरुको पनि सरकारप्रति के धारणा छ ? कसरी अगाडि बढ्दा राम्रो हुन्छ सुझाव पाउँ भनेर विषय प्रवेश गराउनुभयो । अर्को दलहरुबीच सम्बन्धलाई अझ न्यानो बनाउन बारम्बार बहस छलफल भइरहनुपर्छ भन्नुभयो ।

प्रधानमन्त्रीले आफ्ना कुरा राख्नुभयो तपाईहरुले के भन्नुभयो ?
त्यसमा कांग्रेसको तर्पmबाट तपाईंहरुलाई जनताले बहुमत दिएको छ त्यसमा दुईमत भएन सरकार चलाउनुहोस् । तर, लोकतान्त्रिक मूल्यमान्यतामा प्रतिपक्षको पनि भूमिका हुन्छ । सरकार चलाउने विधेयकहरु ल्याउँदा छलफल नगरी एकलौटी ल्याउने । एकतन्त्रीय शासनको जस्तो शैली देखिएको छ त्यसमा सुधार हुनुपर्छ भन्ने धारणा आयो । प्रेस स्वतन्त्रतालाई पनि संकुचित पार्न खोजिएको जस्तो लाग्छ । त्यसैले यो छलफलले राम्रै गरेको छ । साँच्चिकै सहाकार्य गर्ने हो भने बेलाबखत छलफल हुनुप¥यो भन्ने रह्यो । अर्को, विप्लबका पछिल्ला क्रियाकलापहरु हिंसात्मक हुँदै गएका छन् त्यसलाई सरकारले रोक्नुप¥यो । त्यसको लागि कांग्रेसको कस्तो सहयोग सरकारलाई चाहिन्छ हामी तयार छौं भन्ने विचार पनि आयो कांग्रेसबाट । महन्थ ठाकुरजीबाट पनि सरकारको गतिविधिप्रति असन्तुष्टिहरु आए । उहाँले सरकार पुरै निरंकुश ढंगले अगाडि बढेको देखिन्छ । त्यसले जनतामा ठूलो शंका उपन्न गरेको छ । अर्कोउनले आन्दोलनका बेलामालगाइएको मुद्दाहरु फिर्ता गर्नुपर्छ । संविधान अपुरो त्यसलाई संसोधन गरेर पूर्णता दिनुपर्छ । अरु लोकतान्त्रिक विधि, प्रक्रियाका बारेमा सहकार्य गर्न सधैं तयार छौं भन्नुभयो ।

तपाईंहरुले संविधान संसोधनमा जोड किनदिनुभयो ?
संविधान संसोधनका बारेमा कुरा राखियो । हिजो प्रधानमन्त्रीले बोलाएको बैठक धेरैजसो उहाँमै केन्द्रिति थियो । उहाँ तानाशाह जस्तो भएर अगाडि बढिरहेको, निर्णयहरु एकलौटी गर्ने, प्रतिपक्षका कुरा नसुन्नेलगायतका आरोपहरु थिए । त्यसमालाई चिर्न अलि बढी केन्द्रित थियो त्यो बैठक । अर्को कुरा थियो पछिल्लो समय जसरी पुरै सरकारविरुद्ध नकारात्मक कुरा लिएर भ्रमहरु सिर्जना भएका छन् । जुन व्यवस्थालाई नै धक्का पुग्ने गरी प्रचार भएका छन् त्यो पनि मुख्य कुरा थियो । हिजोको बैठक अहिले जति समस्याहरु देखिएका छन् त्यसलाई सबै दलहरु मिलेर हार्दिकतापूर्वक समाधानतिर जाऔं भन्ने बारेमा थियो । त्यसमा राष्ट्र निर्माणका कुरा थिए । के–के गर्दा विकास निर्माण गर्न सहज हुन्छ भन्ने पनि छलफल भयो । अहिलेको सरकार खाली नेकपाको मात्र नभई सबै विचार राख्ने दलहरुको हो भन्ने खालको सन्देश दिने गरी प्रधानमन्त्री प्रस्तुत हुनुभयो । उहाँले म उपचार गरेर फर्केपछि फेरि बैठक बस्ने अनि के गर्न सकिन्छ लोकतान्त्रिक मूल्यमान्यतालाई पूर्णरुपमा पालना गर्न सबैको विचार समेट्न म तयार छु भन्नुभयो ।

हिजो बैठकबाट सबैदलहरु सन्तुष्ट भएर निस्किए?
हिजोको बैठक जे उद्देश्यले बोलाइएको थियो त्यो एकदमै राम्रो भयो । यसले दलहरुबीच बढाएको दुरीलाई घटाएको छ ।

संघीयतामाथि नै प्रहार भयो भन्नुभएको छ नि ?
हामी जुनविचार र मान्यता राख्ने भएतापनि परिवर्तनका पक्षमा एकै ठाउँ हो । सबैले मिलेर प्राप्त गरेको विधि, प्रक्रिया र प्रणालीलाई नै प्रहार हुने खालका प्रतिक्रियाहरु आउनथाले पनि चिन्ता व्यक्त गरिएको हो । संविधान भनेको एउटा दस्तावेज हो । त्यसैले संविधान भनेको असंसोधनीय होइन समयसापेक्ष संसोधन भइरहन्छ । यो भइसकेपछि विषयवस्तुभित्र प्रवेश गराउँला । अर्को संघीयतालाई कसरी प्रभावकारी बनाउने । जनताको मन जित्ने गरी जनपक्षीय काम खटाउने भन्ने सबैको जिम्मेवारी हो यसमा अलि गम्भीर बनौं भन्ने भावना उहाँको थियो । चुनावपछि यस्तो सर्वदलीय बैठक भएको थिए । त्यसै बैठक बसाउनुनै एउटा सकारात्मक कुरा हो भन्ने हामीले बुझेका छौं । बैठक भएपछि छलफल, बहस हुन्छ त्यो थालनीभएको यसले राम्रो गर्छ । देशमा जस्तोसुकै खालको समस्या आइपरेपनि समाधान गर्ने भनेको हिजो त्यो बैठकमा सामेल हुने नेताहरुले नै हो ।

तर समस्याको समाधान त भएको छैन नि ?
मुलुकमा समस्या जटिल हुँदै गएकाले नै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो । प्राप्तलोकतन्त्रलाई बलियो बनाने, निर्मित संविधानलाई कार्यान्वयन गर्ने, मुलुकलाई समृद्ध बनाउने भन्ने कोणबाट नै बैठक बोलाइएको हो । हिजोको बैठकको निर्षकर्ष देशमा भएका घटेका घटनाक्रम, आफ्नो स्वास्थ्यप्रति पैmलाइएको नकारात्मक हल्ला, व्यवस्थाप्रति पैmलाइएको वितृष्णा आदिलाई चिर्नको लागि व्यापक रुपमा छलफल र बहर गर्ने भनेर गरिएको हो । आपूm उपचारबाट फर्केपछि फेरि पनि बैठक बसेर निर्णय गर्ने उहाँले बताउनुभयो ।

राजपाले संविधान संशोधनको कुरा उठाइरहेको थियो प्रधानमन्त्रीले भेटेपछि ब्याक हुनुभयो ?
यसको बारेमा हामी सरकार र प्रपक्षदलका नेताहरुसँग कुराकानी गर्दछौं । हिजोबाट विषयप्रवेश गराउने वातावरण सिर्जना भएको छ । हिजो बैठकबाट एजेन्डै छोड्ने भन्ने होइनविचार जेजस्तो भएपनिकम्तिमा राजनीतिक संस्कार हुनुप¥यो भन्ने खालको हो ।



प्रतिक्रिया दिनुहोस्