Logo

किशोर श्रेष्ठको खुलासा : रवि लामिछाने अदालतबाट यसरी रिहा हुँदैछन् (भिडियोसहित)



काठमाडौं, ५ भदौ । प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले प्रहरी हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेले क्लिन चिट लिएर रिहाई होउन भन्ने शुभकामना दिएका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले आफू र रवि लामिछानेबीच कुनैपनि दुश्मनी नरहेको पनि स्पष्ट पारेका छन् ।

श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उनको परिवारले आफूलाई आत्महत्याअघिको भिडियो क्लिप दिएको पनि दाबी गरेका छन् । पीडित परिवारले भिडियो दिएपछि आफूले जनआस्था पत्रिकामा समाचार समेत प्रकाशन गरेको सुनाए । त्यसपछि नेपाल आजका सम्पादक संकेत कोइरालाले उक्त भिडियो युट्युव च्यानलमार्फत प्रशारण गरेका थिए ।

श्रेष्ठले फैसला भीडले नगर्ने भन्दै तथ्यले फैसला गर्नेमा आफू विस्वास लिएको बताए । त्यसो भए एउटा पत्रकार जेल जाँदा किशोर श्रेष्ठ खुसी हुने ? भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा श्रेष्ठले हाँसीहाँसी जवाफ फर्काए,‘जेल कोही पनि नजाउन्, जेल कैदीबन्दीले नभरिउन्, समाज सुखी सम्मानित र समृद्ध होस्, मेरो चाहना यो हो भने रविजीले क्लिन चिट नै लिएर आउनुस् न उहाँले हाम्रो के नै बिगारिदिनु भएको छ र ?’

यो सबै किशोर श्रेष्ठकै कारण भएको भन्ने आरोप छ नि भन्ने अर्को प्रश्नमा उनी भन्छन्, ‘त्यसो भए शालिकरामजीले किशोर श्रेष्ठलाई गुन लाउनका लागि आत्महत्या गर्नुभएको भन्ने रु तपाईंले यही भन्नखोज्नु भएको हो ?’ श्रेष्ठले १३ मिनेटभन्दा बढी कसैले एक सेकेण्ड देखाउन सक्यो भने आफूलाई जे सजाय हुने हो, त्यो भोग्न तयार रहेको पनि बताए । उनले जस्ताको तस्तै जे देख्यो त्यही आफूले पत्रकारिताको धर्म निर्वाह गर्दै बाहिर ल्याएको पनि बताएका छन् ।

उनले फैसला भीडले नगर्ने भन्दै तथ्यले फैसला गर्नेमा आफू विस्वास लिएको बताए । त्यसो भए एउटा पत्रकार जेल जाँदा किशोर श्रेष्ठ खुसी हुने ? भन्ने पत्रकार धमलाको प्रश्न आउँदा श्रेष्ठ भन्छन्, ‘जेल कोही पनि नजाउन्, जेल कैदीबन्दीले नभरिउन्, समाज सुखी सम्मानित र समृद्ध होस्, मेरो चाहना यो हो भने रविजीले क्लिन चिट नै लिएर आउनुस् न उहाँले हाम्रो के नै बिगारिदिनु भएको छ र !’



प्रतिक्रिया दिनुहोस्