Logo

एनआरएनए क्यानडाको १२ औं सम्मेलन सम्पन्न



काठमाडौं, ५ भदौ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी) क्यानडाको १२ औं राष्ट्रिय सम्मेलन १७ अगष्ट शनिवार ग्रेटर टोरोन्टो एरियामा सम्पन्न भएको छ । क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाको प्रमुख आथित्यमा सम्पन्न एस सम्मेलनले चिरञ्जीवी घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

टोरोन्टोस्थित नेपाली कन्सुलर डा. कुन्जर शर्माको विशेष आथित्यमा आयोजित उक्त सम्मेलनमा एनआरएनए आइसिसि उपाध्यक्ष कुल आर्चाय, नर्थ अमेरिका एनआरएनए संयोजक गौरी जोशी, उप-संयोजक नविन शेरचन, आइसीसी सल्लाहकार हरीबोल भण्डारी, नवराज गुरुङ, आइसीसी प्रतिनिधिहरू अभिमन्यु बस्नेत, प्रमिला बस्नेत, चन्द्र अधिकारी, एनसीसी सल्लाहकार मुगा राजभण्डारी, डुण्डीराज पाण्डे, ज्योति बैध, अमेरिकाका नवनिर्वाचित अध्यक्ष सुनिल साह, उपाध्यक्ष विआर लामा, निर्वतमान अध्यक्ष केशव पौडेल, पुर्व उपाध्यक्ष रामचन्द्र पोखरेल, पुर्व उपाध्यक्ष रविना थापा, अमेरिकाका सल्लाहकार गोविन्द श्रेष्ठ, डा. रुद्र अर्याल, सतेन्द्र शाह, विनोद शाह, आइसीसी प्रतिनिधि डिल्ली भट्टराई, राजन त्रिपाठी, बेदराज बस्नेत, बन्दना कोइराला, बुद्धि सुबेदीको उपस्थिति रहेको थियो ।

एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेको सभापतित्वमा सम्पन्न अधिवेशन ले महासचिव चिरञ्जीवी घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। तीन उपाध्यक्ष मा क्रमशः स्कारबोरोबाट हेमन्त मोहन थापा, मिसिसागाबाट विजय पौडेल, एडमन्टनबाट अर्जुन रसाइली, महासचिवमा ब्राह्मटनबाट पिताम्बर भट्टराई, सचिव मा स्कारबोरो बाट फडिन्द्र श्रेष्ठ, कोषाध्यक्षमा टोरोन्टोबाट सरोज भट्टराई, प्रवक्ता मा ब्राम्पटन बाट नेत्र खतिवडा (दिनेश), सदस्यहरूमा मिसिसागाबाट तुलासिंग भट्चन, म्यानकुभरबाट शरद शेरचन, क्यालगरिबाट अनन्त आर्चाय, मोनिटोवा डा. सुशील दोरंगा र सास्काचुनबाट देवेन्द्र सुवेदी निर्वाचित भएका छन् ।

त्यसैगरी सम्मेलनले आइसीसी प्रतिनिधिका लागि निर्वतमान अध्यक्ष गोपीकृष्ण काफ्ले, पुर्व अध्यक्ष तुलसी सापकोटालाई चयन गरेको छ । नव निर्वा्चित कमिटिको पहिलो बैठकबाट महिला संयोजकमा स्कारवोरोबाट सुजाता गुरुङ, युवा संयोजकमा ब्राह्मटनबाट ईश्वर खत्री, सदस्यमा ओटवाबाट सन्तोष बराल, वेस्टन ओन्टारीयोबाट रविन्द्र घिसिंगलाई मनोनयन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्