Logo

भारतीय विदेशमन्त्रीसँग उपेन्द्र–बाबुरामले भेट गरे, के कुरा भयो ?



काठमाडौं, ५ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकर र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता सम्पन्न भएको छ ।

भेटमा उनीहरुबीच नेपाल–भारत द्धिपक्षीय सम्बन्धको बारेमा र द्धिपक्षीय हित, आपसी चासोलगायतका विषयमा छलफल भएको बुझिएको छ । उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । त्यस्तै उनले आजमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसअघि उनले पशुपतिमा पूजाआजा गरेका थिए । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।

तस्विर स्रोत : बाबुराम भट्टराईको फेसबुक 



प्रतिक्रिया दिनुहोस्