Logo

विप्लवका छोरा प्रकाश अचानक रिपोर्टर्स क्लबमा पुगे (भिडियोसहित)



काठमाडौं । कालो पहिरनमा रिपोर्टर्स क्लब नेपालमा एक युवा प्रवेश गरे । युवा अवस्थाका मध्यम कदका उनी प्रवेश गर्नु अघि चासो बढिसकेको थियो ।

क्यामराहरुले रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कक्ष भरिएको थियो । ५ भदौमा क्लबमा प्रवेश गरेका ती युवा थिए प्रकाश चन्द ठकुरी । उनी सरकारको सर्वाधिक खोजीको सूचीमा रहेका विद्रोही कम्युनिष्ट नेता नेत्रविक्रम चन्दका छोरा हुन् । पेशाले चिकित्सक प्रकाश विद्रोही स्वभावका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा प्रकाश सहभागी भएका थिए । समितिले चिकित्सा शिक्षा क्षेत्रमा भएका विकृति र विसंगतिविरुद्ध संघर्षका कार्यक्रम समेत अगाडि बढाएको छ । विप्लवपुत्र प्रकाश यसमा सहभागी छन् । उनी बाबु जस्तै आफ्नो पेशामा विद्रोही देखिन्छन् ।

विप्लवले विद्रोही गतिविधि गरिरहँदा छोरालाई भने डाक्टर बनाउन सके । त्यसैले उनीमाथि दुनियाँका छोराछोरीलाई गलत बाटोमा पुर्याएर आफ्नो छोरालाई भने डाक्टर बनाएको विषय उठ्ने गर्छ । प्रकाश पछिल्लो समय चर्चामा छन् । उनले बाबुले चालेको कदमबारे समेत अभिव्यक्ति दिदै आएका छन् । तस्विरः रिपोर्टर्स क्लब नेपाल



प्रतिक्रिया दिनुहोस्