Logo

२० कटेपछि कसरी रमाउने



२० कटेपछि मानिसले सबैभन्दा सिक्ने र बुझ्ने समय आउँछ । विद्यालयका ति दिनहरुमा कुनै नैतिक शिक्षाले तपाईलाई त्यो पाठ दिन सक्दैन, जुन ढिलो-मध्य बीसौं दशकमा पुगेपछि जीवनले सबैलाई दिएको छ ।

जीवनले सिकाएका कुराहरुले सायद तपाईले तीसौं दशकमा मलाई राम्रोसँग थाहा छ भन्ने भाव प्रकट गर्नुहुनेछ । उक्त भावले तपाईको जीवन सुधार्नु भन्दा झन् बिगार्न सक्छ ।

सबै भन्दा प्यारो निन्द्रा
“मैले किन पढ्न छोडें ? उसले यसो किन भन्यो ? मेरो समय किन खेरा गयो ?” यस्ता प्रश्नहरु भूतकालीन समयमा चिन्ताको विषय भएको थियो । तर, अहिलेको वर्तमान समयमा, घडीमा अलार्म किन बिहानै बज्यो ? बजेर पनि किन थाहा भएन ? म सुतेको सुतै भए, जस्ता कुराहरु चिन्ताको विषय भएका छन् । अब निन्द्रा तपाईको लागि गैर–सम्झौताको विषय भएको छ ।

परनिर्भर हुन खोज्नु
मानिसहरु अहिले आफ्नो जीवनलाई गोपनियतामा राख्न चाहँदैनन् । जतिसक्दो आफ्नो जीवनलाई सामाजिक फिल्टेरेशन प्रक्रियामा लैजादै छन् । तपाई आफ्नो सुरक्षा, अनुत्पादक र विनाशकारी दुःखी विचारहरु बाट ध्यान विचलित गर्नको लागी साथीहरुमा निर्भर भईरहनु भएको छ । तपाईको सामाजिक सर्कलमा रहनु भएका साथीहरुलाई तपाईको विचार, धारणाप्रति सहज नहुन सक्छन्, तर जो वरिपरि रहन चाहान्छन्, वरिपरि रहनेछन् ।

लगानी अनुभवमा गरिन्छ
कसरी आफ्नो पैसा बुद्धिमानीपूर्वक खर्च गर्ने भनेर सिक्नु वास्तवमा सब भन्दा ठूलो पाठ हो जसले तपाईंलाई लामो अवधिसम्मको लागि मद्दत गर्दछ । अनुभवले तपाईमा के सहि के बेठिक छुट्याउने क्षमताको विकाससँगै जीवनभरका तीता मीठा सम्झनाका पलहरु संकलन गराउँछ ।

सन्तुलित आहार र कसरत
कसरत र सन्तुलित आहारको सेवन एकै तरिकाले गर्दा राम्रो प्रतिफल प्राप्त हुन्छ । स्वस्थ हुनु नै वास्तवमा आहार र व्यायामको सन्तुलन हो । तपाई धेरै खाँदा मात्र कसरत गर्ने, कहिले काहीँ केहि नखाई बस्ने जस्ता क्रियाकलापहरु स्वास्थ्यको लागि घातक साबित हुन सक्छ ।

व्यक्तिगत प्रतिभाको सम्मान
सबै मानिसमा आफ्नै व्यक्तिगत प्रतिभाहरु छन् । कोही शब्दहरुलाई पछाडिबाट उच्चारण गर्न सक्छन् भने कोही अरुको जस्ताको त्यस्तै नक्कल गर्न सक्छन् । तपाईले आफ्नो प्रतिभालाई जति महत्त्व दिनु हुन्छ त्यति नै व्यावसायिक रूपमा लान पनि महत्वपूर्ण छ ।

सामाजिक सञ्जालबाट बाहिर निस्किन नचाहनु
अहिले मानिसहरु हरेक कार्यलाई सामाजिक सञ्जालमा राखेर देखाउने गर्छन् । धेरै भन्दा धेरै समय मानिसहरु काममा भन्दा मोबाइल, इन्टरनेट मै बिताउन बढी रुचाउँछन् । सामाजिक मिडियाको प्रयोग व्यक्तिगत जीवनलाई सार्वजनिक गर्ने नभएर विश्वव्यापीरुपमा खबर आदन प्रदान गर्नु हो । तर, यसको प्रयोग फरक ढङ्गबाट भईरहेको छ ।

परिवार तपाईंको जिम्मेवारी
चुपचाप तपाईलाई तपाईको परिवारले सधैं समर्थन गरिरहनु भएको हुन्छ । यो बीसौं दशकले तपाईलाई पनि आफ्नो परिवारको लागि केहि गर्ने मौका दिएको छ । पहिलाको तुलनामा यो बीसौं दशकले तपाईलाई आत्मनिर्भर भएर आफ्नो परिवारको सदस्यको स्वास्थ्यको हेरचाह गर्न, आफु भन्दा सानोको क्यारियरको ख्याल राख्न आदि कुराहरुमा सक्षम बनाएको छ ।

कृतज्ञताले जीवन सहज
अरुले जे गर्यो त्यही गर्दा जीवन कष्टकार हुन्छ । आफुसँग जे छ त्यसैमा आभार प्रकट गर्दा जीवनमा बढी सन्तुुष्टि प्राप्त गर्न सकिन्छ । तपाईसँग जे छ, त्यो अरु कसैको सपना हुन सक्छ त्यसैले आफुसँग भएका हेरक कुराहरुको सही सदुप्रयोग र मुल्यांकन गर्नुस् । तस्विरः केकी अधिकारीको ट्वीटर



प्रतिक्रिया दिनुहोस्