Logo

१६ सचिवको सरुवा विवादमा



काठमाडौँ । प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग करीब एक महिना अगाडि एक वर्षका लागि सम्झौता गरेको केही हप्ता नबित्दै १६ जना सचिवको सरुवा गरिएको भन्दै सांसदहरुले गम्भीरता देखाएका छन् । उनीहरुले संसदमै यसबारे गम्भीर ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको ५ भदौको बैठकमा सांसद राधेश्याम अधिकारीले सरकारले कर्मचारी प्रशासनलाई अस्थिर बनाउन खोजेको आरोप लगाए ।स्थायी सरकारका रुपमा रहेको प्रशासन संयन्त्रलाई अस्थिर बनाउँदा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन लगायतका कार्यक्रममा नकारात्मक असर पर्ने उनको भनाइ थियो ।

कर्मचारीको सरुवामा राजनीतिक आस्था राखिएको भन्दै सांसद विन्दादेवी आले रानाले आपत्ती जनाएकी छिन् । ५ भदौमा बसेको राष्ट्रियसभाको बैठकमा कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी बढुवा र सरुवा गरेको भन्दै आपत्ती जनाएकी हुन् । यस विषयमा सांसदहरुले सरकारको ध्यानकर्षण गरेर जवाफको माग गरिन् ।



प्रतिक्रिया दिनुहोस्