Logo

अमेरिकाले रुससँग राख्यो आणविक हतियार सम्बन्धि नयाँ सन्धीको प्रस्ताव



अमेरिकाले रुससँग नयाँ आणविक सन्धीमा जोड दिएको छ । उसले दुइपक्षीय सहमति भएमा पाँच बर्ष भन्दा बढीको लागि सन्धी विस्तार गर्न सकिने बताएको छ ।

रणनीतिक हतियार न्यूनीकरणसम्बन्धी नयाँ सन्धीमा रुसका सबैभन्दा उन्नत हतियारहरू समावेश हुने अमेरिकी रक्षामन्त्री मार्क एस्परले भनेका छन् ।

हाल रूसको आणविक टिप भएको क्षेप्यास्त्र, आईएनएफ र मिसाइल जस्तो हतियार युरोप तिर फर्किएको छ ।

२०११ मा लागू भएको नयाँ स्टार्टले रूस र अमेरिकालाई ७०० भन्दा बढी डिपार्टमेन्ट इन्टरकन्टिनेंटल ब्यालिस्टिक मिसाइल, पनडुब्बी प्रक्षेपण गरिएको बैलिस्टिक मिसाइल (एसएलबीएम) र रणनीतिक बमवर्षकलाई १५५० भन्दा बढी तैनाथ गरेको छ ।

यो सन्धि दश बर्षमा लागू हुने गरी तयार गरिएको छ पारस्परिक सहमतिले पाँच बर्ष भन्दा बढि विस्तार गर्न सकिने बताइएको छ । -एजेन्सी



प्रतिक्रिया दिनुहोस्