Logo

ताइवानले अमेरिकासँग लडाकु विमान खरिद गर्न लागेपछि चीनको चेतावनी



ताइवानले अमेरिकासँग लडाकु विमान खरिद गर्न लागेपछि चीनले कडा चेतावनी दिएको छ । एफ-१६ विमानको विक्रीमा संलग्न अमेरिकी कम्पनीहरूलाई प्रतिबन्ध लगाउने धम्की दिएको छ ।

ताइवान सित हतियार बेच्न र सैन्य सम्पर्क बन्द गर्न चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधि गेङ्ग सुंगले चेतावनी दिएका हुन् । अमेरिकी सरकारले ६६ वटा विमान सम्बन्धी आठ अरब डलरको सम्झौतालाई अनुमोदन गरेको छ । जुन दशकहरूमा सबैभन्दा ठूलो अनुमोदन हो ।

चीनले ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा मानेको छ । यसले ताइवानसँग अमेरिकी हतियारको कारोबारको नियमित रुपमा आलोचना गरेको छ । सम्झौताँ ६६ एफ १६ वटा लड़ाकु विमान, ७५ जनरल इलेक्ट्रिक इञ्जिन र अन्य प्रणालीहरूको लागि हो । अमेरकाले लडाकु विमान बिक्री अमेरिकी राष्ट्रिय हितमा रहेको र यसले ताइवानको सुरक्षा सुधार गर्न मद्दत पुर्याउने बताएको छ ।

चिनियाँ सरकारी मिडियाले उद्धृत गर्दै गेंगले भने “बिक्री अन्तर्रा्ष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धको साथै एक चीन नीतिको पनि उल्लघन हो ।” चीनले आफ्नो स्वार्थको रक्षा गर्न सबै आवश्यक कदम चाल्ने बताएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्