Logo

आज कृष्णाष्टमी, गौरा पर्व मनाइदै



काठमाडौं । आज कृष्णाष्टमी । भगवान श्रीकृष्ण जन्मिएको दिनका रुपमा हिन्दुहरुले हर्षोल्लासका साथ मनाउँदैछन् ।

हिन्दु मठमन्दिरमा विशेषगरी कृष्ण मन्दिरहरुमा दर्शनार्थीहरु पुगेका छन् । प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ ।

उनको मामा कंशले पिता वासुदेव र आमा देवकीलाई जेलमै हालेको अवस्थामा कृष्णको जन्म भएको हो । कृष्ण जेलमै जन्मिएका हुन् ।

महाभारतको युद्धमा कृष्णको विशेष भूमिका छ । भगवानले गाएको भगवत गीता कृष्णले महाभारतमा अर्जुनलाई सुनाएका थिए । हिन्दु धर्ममा त्यसैले पनि कृष्णको उच्च स्थान छ । उनलाई विष्णुको अवतारका रुपमा पूजिन्छ ।

यसैगरी, आजै गौरा पर्व मनाइदैछ । विशेषगरी सुदुरपश्चिममा यसलाई ठूलो पर्वका रुपमा मनाइने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्